शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • मेलम्ची पहिरोमा पुरिएका ८ जनाको शव निकालियो (मृतकको नामावलीसहित)

मेलम्ची पहिरोमा पुरिएका ८ जनाको शव निकालियो (मृतकको नामावलीसहित)

  • सोमवार, साउन १९, २०७७
मेलम्ची पहिरोमा पुरिएका ८ जनाको शव निकालियो (मृतकको नामावलीसहित)

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएका ८ जनाको शव निकालिएको छ । पहिरोले पुरिएर घाइेत भएका बारु शाहलाई एयर डाइनेस्टीको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेका अनुसार मृत्यु हुनेमा ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदीप चौरसिया, २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव धामी र १७ बर्षिय सोनम लामा छन् ।मृतक राजेन्द्र चौरसिया र घाइते बारु शाह भारतीय नागरिक हुन् । कभर्डहल निर्माणमा खटिएका मजदुर बसेका टहरो राति आएको पहिरोले पुरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार