शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • पहिरो प्रभाबित बस्तिमा खानेपानीको हाहाकार

पहिरो प्रभाबित बस्तिमा खानेपानीको हाहाकार

  • बुधबार, साउन ७, २०७७
पहिरो प्रभाबित बस्तिमा खानेपानीको हाहाकार

पदमबहादुर सिंह–  आईतबार देखी लगातारको बर्षाका कारण पहिरोले खाने पानी बगाउदा समस्या भएको छ । बुढीगंगा नगरपालिका २ को बजेडी, नडाग, मुसी, ताप्रा र ताँप्रीसेरा लगाएतका बस्तिहरुको खाने पानी आईतबार आएको बाढी पहिरोले बगाएर क्षति भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए ।
पानीका मुहान नै पहिरोले बगाएर लगेको छ । पानीमुल खोला र ठाँडो खोलाको नजिकै खानेपानीका मुहान भएकोले त्यहिबाट लगेको र तीनै खोलाको वारिपारिबाट पहिरो गएपछि खानेपानीको हाहाकार भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए ।
पहिरोले खानेपानी नै बगाएपछि बुढीगंगा नगरपालिकाका वडा नम्बर २ र ३ का ५ सय भन्दा बढी परिवार समस्यामा परेका वडा नम्बर २ का अध्यक्ष हिरालाल थापाले बताए ।
खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय बाजुराका प्रमुख सुरेश शाहका अनुसार पहिरो प्रभाबित क्षेत्रमा खानेपानीको समस्य छ । तत्कालको लागि पाईपहरु पठाएको र मर्मत हुनेक्रममा रहेको बताए ।
बस्तिको चारै तीरबाट पहिरो आओत जाओत बन्द
बुढीगंगा नगरपालिका २ को नडाग बस्तिको चारै तिरबाट पहिरो बगेपछि बस्ति उच्च जोखिममा रहेको छ ।  पहिरोका कारण नडागका बासिन्दालाई बस्ति आउन र जान समस्या भएको नेपाल रेडक्रस नेपाल बाजुरा जिल्ला सभापति रामबहादुर शाहीले बताए ।
बस्तिको एक तीरबाट पानीमुल खोला र अर्को तीरबाट ठाडो खोलाको छेउछाउका खेति योग्य जमिन खानेपानी बाटो सबै बगाएपछि त्याहाका स्थानियलाई समस्या भएको शाहीले बताए ।
नडागका १ सय ५ परिवार छन सबै परिवार पहिरोको उच्च जाखिममा रहेको छ । बुढीगंगा नगरपालिका २ नडाग बस्ति नगरपालिकाको बिकट बस्तिको रुपमा रहेको छ । स्वास्थ्य शिक्षा दैनीक खाद्यन्न ल्याउन बाटो बन्दभएपछि समस्य भएको छ ।
सयौ परिवार बिस्तापीत
लगातारको बर्षाका कारण बाजुरा जिल्लाका बिभिन्न ठाउमा लाखौको क्षति भएको छ भने सयौ परिवार बिस्तापीत भएका छन् । आईतबार राति आएको अबिरल वर्षाले बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका २ बजेडीका १ सय ३४ परिवार, नडागका १ सय ५ परिवार, मुसीगाउका ३६ परिवार, ताप्रीसेराका ६ परिवार गरि २ सय ८१ घर परिवार जोखिममा रहेका छन् ।
बुढीगंगा नगरपालिका १ मा रहेको अम्कोट, डुग्री र कुडीका पुरै बस्ती नै पहिरोको उच्च जोखीमा रहेका छन । भने केही परिवारहरु बिस्तापीत भइसकेका स्थानीय भरतराज उपाध्यायले बताएका छन ।
बिस्तापित हुनेमा अम्कोटका मरुदेबी पाध्याय,डम्मदेवी पाध्याय र सिर्जनादेवी पाध्याय रहेका छन । उनीहरुको घर नजिकै पहिरो गएका कारण केही दिनदेखी बिस्तापित भएका छन । हाल उनीहरु छिमेकीको घरमा ओत लागेर बसेका उपाध्यायले बताए ।
त्यसै गरी सोही वडाको कुडीका भुज चदारा, जीत चदारा, शान्ती चदारा, दिपक सिहं, गोरे दमाई, राम साउँद र भोज चदाराका घरहरु पनि उच्च जोखीममा रहेको छन् । नजिकैको स्कुल र मन्दीर र खेतमा पाल हालेर बसेका स्थानीय भरत उपाध्यायले बताए ।
त्यस्तै सोही वडाकै डुग्रीका नरी थापा र हर्क सनाईका घर पनी पहिरोको उच्च जोखीममा रहेकोले उनका परिवार पनि बिस्तापीत भएको स्थानीयले जानकारी दिएका छन । त्यसै गरि सोही वडाको रावतवाडाका २० परिवार पनि उच्च जोखीममा रहेका स्थानीयले बताएका छन । गाउँका तल र माथी दुबै तिरबाट पहिरो जादा गाउँहरु उच्च जोखीमा रहेकोले तत्काल उद्धार नगरे धन जनको क्षेती हुने स्थानीयले बताएका छन ।
बस्तिको चारै तीरबाट पहिरो छ । बस्ति स्थानत्रण गर्नु भन्दा अन्य बिकल्प नभएको नेपाल रेडक्रस बाजुराका सभापति रामबहादुर शाहीले बताएका छन् । जाखिममा भयौ भन्दै राहात माग्न आउछन सरकारको नियम एकातीर हुन्छ बस्ति बिस्ताबित छन् राहात दिन सिफारिस गर्न समेत समस्या भएको शाहीले बताए ।
पानीमुल खोला र ठाँडो खोलाबाट आएको बाढीले खोला छेउछाउका मुसी, खर्रा र ताँप्रीसेराका सयौ बिगा खेति योग्य जमीन बगरमा परिणत भएको बुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष हिरालाल थापाले बताए ।
आईतबार राति आएको अविरल बर्षाले बजेडीका २० परिवार उच्च जोखिममा छन् । घर माथिबाट पहिरो आएपछि बिस्तापित भई छिमेकीको घरमा सरेका छन् । पहिरोले १ सय ३४ घर परिवार रहेको बस्तिका नागरिक रात भरि जागाराम बस्ने गरेका छन् । पानी आयोकी चारै तीरबाट पहिरो बग्न सुरु भईहाल्छ बजेडीका स्थानिय खडकराज जोशीले बताए । त्यसै गरि नडाङका १० परिवारका घर चर्कीय पछि शिवशंकर प्राबिमा बसेका बुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष हिरालाल थापाले बताए ।
यता ताँप्रीसेरा बजार भित्रै बाढी पसेर लाखौको क्षति भएको छ । घट्टे खोलाबाट आएको बाढीले ताप्रीसेराका ब्यापारी ६ ओटा होटेल पसल पूणर्स्पमा क्षति भएकोका छन भने अन्य सामान्य क्षति गरि लाखौको क्षति भएको वडा अध्यक्ष थापाले बताए । एक्कासी आएर पसल भित्र छिर्यो आफू भागेर बच्यौ पसल पुरै बगाएको ब्यापारी गोपाल थापाले बताए ।
त्यसै गरि त्रिबेणी नगरपालिका ७ कोशेडीका ३ परिवार, वडा नम्बर ४ तोलीका ३ परिवार उच्च जोखिममा रहेको दैबिक प्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए ।
त्यसै गरि खप्तड छेडेदह गाउपालिका ७ गुम्लागाउका ४५ घरधुरी र सोही गाउपालिकाका दशरथ बठालेख प्राबिको भवन पनि उच्च जोखिममा रहेका जानकारी आएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताएका छन् । जिल्लाका अन्य पालिकाहरुमा के कति क्षति भएको छ । प्रत्येक स्थानिय तहहरु तथ्याङ्क संकलन गरिरहेको गैह्रेले बताए ।

चर्चामा

सम्बन्धित समाचार