बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • त्रिवेणी
  • युवाको सक्रियतामा सामुदायिक वनमा बृक्षारोपण

युवाको सक्रियतामा सामुदायिक वनमा बृक्षारोपण

  • सोमवार, साउन ५, २०७७
युवाको सक्रियतामा सामुदायिक वनमा बृक्षारोपण

चक्र बहादुर अएडी — जिल्लको त्रिवेणी नगरपालिका वडा नम्वर ९ मा रहेको सल्लेरि मसानझाडी सामुदायिक बन उपभोक्त समिति द्धारा खालि जमिनमा वृक्षारोपण गरिएको छ । रुख रोपौ बन जोगाऊँ भन्ने मुल नाराका साथ सो कार्यक्रम गरिएको समितिका अध्यक्ष मनिराम विस्टले जानकारि दिए । सामुदायिक बनहरुको खालि जग्गामा मलालगाउँका युवाहरुको सक्रियतामा ५० हजार वरावरको श्रवदान गरि रुख रोपीएको रत्न माध्यमिक विद्यालयका शिक्षक राम बहादुर अएडी ले जानकारि दिए । अएडी का अनुसार आज सल्लेरी को बाँझो जमिनमा बृक्षा रोपण गरिएको र भोलि उतिसेडीबन र अन्य ठाउमा बृक्षारोपण गरिने जानकारि दिए । उभोक्ता समिति र युवाहरुको सक्रियतामा गरिएको काम प्रति त्रिवेणी नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष विर बहादुर विस्टले धन्यवाद समेत दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार