बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिकामा रक्सी बरामत

त्रिबेणी नगरपालिकामा रक्सी बरामत

  • शनिबार, असार २७, २०७७
त्रिबेणी नगरपालिकामा रक्सी बरामत

चक्र बहादुर अएडी– बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा न ९ मा ठुलो मात्रामा रक्सी बरामत गरिएको छ । बडिमालिका प्रहरी चौकीको टोलीले त्रिबेणी नगरपालिका वडा न ९ को मलाल गाउँको एकै पसलबाट ४२ क्वाटर क्वालीटी रक्सी र २६ सिसी लिची नामको रक्सी बरामत गरेको बडिमालिका प्रहरी चौकीका इन्चार्ज असई सेर बहादुर ऐरले बताएका छन ।

त्रिबेणी नगरपालिका मदिरा निशेधित क्षेत्र घोषणा गरेको भए पनी गस्तीमा गएको प्रहरीले सुराकीको आधारमा वडा न ९ का लालसिहं बिष्टको पसलबाट रक्सी बरामत गरी स्थानीय जनप्रतिनिधीको रोहबरमा डिस्पोज गरेको प्रहरीले जनाएको छ । कार्यपालिका सदस्य बेलु साउँद सदस्य पदम देउवा सदस्य नयाँ सार्की प्रहरी लगायतको सयुक्त टोलीले बरामत गरेको रक्सी डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार