शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • त्रिवेणी
  • बाजुराका २ जना संगै सुदूरपश्चिममा थप १६ जनामा कोरोना पुष्टि

बाजुराका २ जना संगै सुदूरपश्चिममा थप १६ जनामा कोरोना पुष्टि

  • बिहिबार, असार २५, २०७७
बाजुराका २ जना संगै सुदूरपश्चिममा थप १६ जनामा कोरोना पुष्टि

बाजुरा लगायत सुदूरपश्चिममा बिहिवार थप १६ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा ८ महिला र ८ पुरुष गरी १६ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ९ का पाँच जना, गौरीगंगा नगरपालिकाका तीन जना, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एक जना र भीमदत्त नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ।

बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर १ का दुई जना, अछामको साँफेवगर नगरपालिकाका दुई जना, मंगलसैन नगरपालिका र चौरपाटी गाउँपालिकाका एक÷एक जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। पछिल्लो २४ घण्टामा दुई सय ५७ जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए। योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ८ सय ८७ पुगेको छ।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म सबैभन्दा कढि कैलालीका नौँ सय ८ जना, अछामका ६ सय २४, बाजुराका ६ सय १५, डोटीका पाँच सय ७५, कञ्चनपुरका चार सय ४३, डडेल्धुराका दुई सय ८०, बैतडीका दुई सय ७४, बझाङ एक सय ५० र दार्चुलामा १८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिममा कोरोना पुष्टि भएका ८ जनाको मृत्यु भईसकेको छ भने नौँ सय ९३ जना डिस्चार्ज भएका छन्।

चर्चामा

सम्बन्धित समाचार