बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • २ लाखमा बनेको मन्दिर ३ महिना पनि टिकेन

२ लाखमा बनेको मन्दिर ३ महिना पनि टिकेन

  • मङ्लबार, असार २३, २०७७
२ लाखमा बनेको मन्दिर ३ महिना पनि टिकेन

बझाङको छबिस पाथिभेरा गाउँपालिका –३ भट्ट गाउँमा निमार्ण सम्पन्न भएको ३ महिना नपुग्दै लाङ मन्दिर भत्किएको छ। वडा कार्यालयको २ लाखको लागतमा निमार्ण भएको उक्त मन्दिर समान्य पानी पर्दा भत्किएको एक स्थानीयले बताए।

उपभोक्ता समिति मार्फत भएको निमार्ण योजनामा कमसल सामग्री प्रयोग गरेर कमजोर संरचना निर्माण गरेको उनले बताए। ‘रकम कुम्ल्याउन टालटुले शैलीमा काम गर्दा मन्दिर भत्किएको हो, यसमा पुरै बजेट दुरुपयोग भएको देखिन्छ’ उनले भने।

उता वडाध्यक्ष केवराज जोशीले स्थलगत निरिक्षण गरेर मात्र थप जानकारी दिने बताएका छन्। निरिक्षण पश्चात नै सबैकुरा भन्न मिल्ने र उपभोक्ता समितिको लापरवाही भएको देखिए आवश्यक कारवाही गर्ने उनले बताए।

चर्चामा

सम्बन्धित समाचार