शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • शिक्षण अस्पताल महाराजगञ्जमा ४७ दिनका कोरोना संक्रमित शिशुको मृत्यु

शिक्षण अस्पताल महाराजगञ्जमा ४७ दिनका कोरोना संक्रमित शिशुको मृत्यु

  • बिहिबार, असार १८, २०७७
शिक्षण अस्पताल महाराजगञ्जमा ४७ दिनका कोरोना संक्रमित शिशुको मृत्यु

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ४८ दिनका कोरोना संक्रमित शिशुको मृत्यु भएको छ। मंगलबार कोरोना पुष्टि भएका ती शिशुको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले शिशुलाई श्वासप्रश्वासमा समस्या रहेको जानकारी दिए।

ती शिशुको सोमबार घाँटीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गर्नुअघि कोरोना परीक्षणका लागि सोमबार राति उनको पिसिआर परीक्षण गर्दा काेराेना पाेजिटिभ देखिएकाे थियो।  डा दासका अनुसार ती शिशु म्याग्दीका हुन्। योसँगै नेपालमा ३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य खबर पत्रिका

चर्चामा

सम्बन्धित समाचार