बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • धनगढीमा बलात्कारपछि आत्महत्या गर्ने अवस्थामा पुगाएको मुद्दामा घुस खाने प्रहरी

धनगढीमा बलात्कारपछि आत्महत्या गर्ने अवस्थामा पुगाएको मुद्दामा घुस खाने प्रहरी

  • आइतवार, असार १४, २०७७
धनगढीमा बलात्कारपछि आत्महत्या गर्ने अवस्थामा पुगाएको मुद्दामा घुस खाने प्रहरी

धनगढीमा रंगेहात पक्राउ परेका प्रहरी र कानून व्यवसायीले बलात्कारपछि आत्महत्या गर्न बाध्य पारिएको मुद्दामा ५० हजार घुस लिएको खुलेको छ।

उप–महानगरपालिकाको वडा नम्बर ३ की ३० वर्षीया युवतीलाई प्रलोभन र झुठो आश्वासनमा पारेर जवरजस्ती करणी गर्दै बिष खुवाएर आत्महत्या गर्ने अवस्थामा पुगाएको मुद्दा मिलाईदिने भन्दै उनीहरुले घुस लिएको खुलेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान अयोग महेन्द्रनगरले बीहिबार घुस रकम सहित पक्राउ गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्की र कानून व्यवसायी हिमालय बिक्रम विष्टले सोही मुद्दा मिलाउने भन्दै घुस लिएका थिए।

जिल्ला प्रहरी कार्यालयका मुद्धा फाँटमा कार्यरत प्रहरी निरीक्षक कार्की कानून व्यवसायी विष्टको फर्मबाट घुस रकम सहित पक्राउ परेका थिए।

जवरजस्तीकरणी र सार्वजनिक हित विरुद्धको उक्त मुद्दामा अभियुक्तलाई सरकारी वकिल कार्यालयले हाजीरी जामानीमा छोड्ने निर्णय गरेको थियो।

अभियुक्त बिरामी भएकाले प्रहरीको सिफारिसका आधारमा उपचारका लागी हाजीरी जामानी छाडिएको सरकारी वकिलको कार्यालयले जनाएको छ।

घुस रकम सहित पक्राउ परेका दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार