शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा २६ जना सुत्केरी तथा गर्भवती महिला क्वारेन्टाइनमा

बाजुरामा २६ जना सुत्केरी तथा गर्भवती महिला क्वारेन्टाइनमा

  • शनिबार, असार १३, २०७७
बाजुरामा २६ जना सुत्केरी तथा गर्भवती महिला क्वारेन्टाइनमा

बाजुरा– आजका दिन सम्म २६ जना महिला सुत्केरी तथा गर्भवती महिला क्वारेन्टाइनमा रहेका छन । त्रिबेणी नगरपालिकामा मात्र ८ जना सुत्केरी तथा गर्भवती महिला क्वारेन्टाइनमा रहेका छन्। त्रिबेणी नगरपालिका लगायत बाजुराका अन्य स्थानीयतहमा रहेका क्वारेन्टाइनमा २६ जना सुत्केरी तथा गर्भवती महिलाहरु रहेका छन् । त्यसै गरी ३८ जना जेष्ट नागरीक १ जना अपाङग रहेका छन् ।
बाजुरा जिल्लाका बिभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनमा १ हजार४ सय ९१ जना रहेका छन । जसमा भारत बाट आएका १ हजार २ सय १२ जना रहेका छन् । नेपालका बिभिन्न सहर र भारतबाट आएर क्वारेन्टाइनमा बस्नेको सख्यां पछिल्लो एक हप्तामा घटीरहेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । आज मात्र ५८ जना क्वारेन्टाइनबाट बाहिरीएको तथ्याकं स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार