बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • वडाध्यक्षसहित २३ जनालाई थुनामा पठाउन अदालतको आदेश

वडाध्यक्षसहित २३ जनालाई थुनामा पठाउन अदालतको आदेश

  • बिहिबार, असार ११, २०७७
वडाध्यक्षसहित २३ जनालाई थुनामा पठाउन अदालतको आदेश

रुकुम पश्चिमको चौरजहारी काण्डका २७ प्रतिवादीमध्ये वडाध्यक्षसहित २३ जनालाई अदालतले थुनामा पठाएको छ।रुकुम पश्चिम जिल्ला अदालतले चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटीका बाबुसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

बुधबार बेलुका अवेर अदालतले केटीकी आमालाई भने १ लाख धरौटीमा छोड्न आदेश दिएको छ। त्यस्तै इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई भने साधारण ताखेरमा छोड्न जिल्ला अदालतले आदेश दिएको छ। घटनाको ठिक एक महिनापछि अदालतले यो आदेश दिएको अधिबक्ता रामचन्द्र गौतमले जानकारी दिए।

असार ५ गतेदेखि सुरु भएको थुनछेक बहस बुधबार सकिएको हो। ५ जना सरकारी वकिल र जाहेरीवालाको तर्फबाट ३ जना वरिष्ठ अधिबक्तासहित २० जनाले बहस गरेका थिए। यसअघि असार १ गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं ८ सोती गाउँकी १७ वर्षीया किशोरी र उनका भाईलाई नाबालक भएको हुँदा तत्कालका लागि सुधार गृहमा पठाउन अदालतले आदेश दिएको थियो।

जेठ १० गते जाजरकोटका ५ र रुकुम पश्चिमका १ सहित ६ जनाको ज्यान जानेगरी भएको काण्डमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं‍. ८ सोती गाउँका वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटी, उनका बाबु आमासहित ३४ जना विरुद्ध ज्यान मार्ने उद्योग, कतव्र्य ज्यान र छुवाछुत विरुद्धको कसुरमा अदालतमा मुद्दा दायर भएको थियो ।

कुल ३४ जना प्रतिवादी मध्य ५ जना फरार रहेका छन् । जाजरकोटबाट केटी भगाउन भनी गएका भनिएका जाजरकोट जिल्लाका २१ बर्षीय नवराज विकसहित ६ जनाको शव विभिन्न समयमा भेरी नदीमा फेला परेको थियो।

चर्चामा

सम्बन्धित समाचार