बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • फिचर
  • छिमेकी हरु बिच केको लडाई?

छिमेकी हरु बिच केको लडाई?

  • बिहिबार, असार ४, २०७७
छिमेकी हरु बिच केको लडाई?

 सुरेशकुमार पान्डे– अहिले फेरी भारत र चीन बिचको युद्ध सुरु भयकोछ। वास्तबमा उनिहरु बिचको युद्ध सन १९६२बाट रोकिएको नै छैन।सन १९६२मा भारत र चीन बिचको भयँकर युद्ध एक मैना सम्मन भयको थियो।जस्मा १३००भारतका होनहार सैनिक ले ज्यान गुमाएका थिए भने करीब ७००जना चीनका लडाकु पनी मारिएका थिए।यो त्यहि बेला देखिको आगो हो जो बेला बखतमा दन्कि रहनन्छ जो कहिले निभेको छैन।कहिले बैचारीक लडाई कहिले सशस्त्र लडाई रोकिएको छैन भनेपनि हुँन्छ।

पूर्वी लद्दाखमा भर्खर गयको सोम बार१५-६-२०२०को राति चीन सँगको भिडन्तमा बिस जना भारतिय सैनिक ढेर भयकाछन।यो झडप गलवान नदीको क्षेत्रमा हो जस्को बेहद दर्दनाक ईतिहाश छ।भनिन्छ त्यहा एलएसी स्थित गलवान ईलाका लाई चीनले कब्जामा लिएको भारतले आरोप लगाएकोछ।उस्को भनाईनुसार चीनको अतिकर्मण रोकनकै लागि भारतिय सैनिक गलवान नदिमा पनी डुँगा द्वारा दिन-रात गस्त लगाउँछन।

सन१९६२मा भारत र चीनको बिच भयको भयानक युद्धको “निव”निहुँ पनि यहिनै हो।त्यो बेला गलवानको आर्मी पोष्टमा ३३जना भारतिय सैनिक मारिएका थिए र कयौँ दर्जन बन्दि बनाईएको थियो।त्यसपछि चीनले अन्साई चीन पुरै क्षेत्र कब्जामा लिएको थियो। त्यो बेला भारत चीन युद्ध२०अक्टुबर१९६२मा सुरु भयो र पुरा एक मैना सम्म चल्यो।भनिन्छ त्यो बेला चीनको सैना बढि थिए करी ८०हजार जती र भारतिए दश देखि बिस हजार मात्रै भयको भारतिय मिडियाहरुमा आएको भेट्टिन्छ।

२१नबेम्वर१९६२मा चीनले युद्ध बिराम घोषणा गर्यो तर उस्ले त्यो बेला अरुणाचल प्रदेशमा लगभग कब्जा जमाई सकेको थियो।यो बेला भारतका १३००सैनिक मारिएका थिए भने हजारौँ घायल अबस्थामा र करिब चार हजार सैनिकलाई चीनले बन्दी बनाएको थियो।भन्निन्छ करीब डेढ हजार जति ला पत्तापनि भयका थिए।त्यो बेला भारतको नराम्रैगरी हार भयपछि चीनलाई बेला बखतमा भारतले चलाई रहने गर्छ।कुनैन कुनै बहाना बनाएर चीनलाई खसल्नमा कुनै कसर भारतले पनि छाडेको छैन।

पछि जब भारतले सिक्किमा कब्जा जमायो सन१९७७मा पनि भारत चीनको झडप भयको थियो। भारत र चीनको बेला बखतमा तनातनी भैईनै राख्छ। अहिले नेपाल र भारतको बिचमा निशान छापलाई लिएर भयको बिवादलाई भारतले चीनको उक्साहट सम्झिन्छ।नेपाल र चीनको बिचमा एकता भयको उस्को बुझाई छ। वास्तबमा यदि चिनलाई भारतले पराष्त गर्छ भने नेपाल लाई भारत भाट बचाउँने छिमेकमै छैन।भारतको अहिले सम्म कुनै छिमेकी देश सँग राम्रो शंबन्द छैन। वास्तबमा भारितिय बिस्तारवादी निति भारत बाट अंग्रेज साम्राज्यावाद गै सकेपछि रहँदै आयो।यसैको परिणाम पाकिस्तान बाट पूर्वी हिस्सालाई अलग बाँग्ला देश बनाउँनमा भारियको ठुलो योगदान रहेको उनिहरु आफैलेपनि स्विकार्छन।श्री लंकामा पनि भारतको सम्बन्द राम्रो हुँन सकेन।सिक्किम स्वतन्त्र मुलुक अहिले भारतको राज्याछ। यसरी भारत र चीन बिचको लडाईमा भारतको पनि गलति नहोला भन्न ता कसैलेपनि सक्दैनन्।

तर अनुमान लगाउँदा यस्मा चीनको पनि दादा गिरी नहोला भन्न गारैछ। हाम्रो लागि अहिले झन संकट परेकोछ।वास्तबमा यो लडाई चीन र भारको हो कि यतिबेला नेपालको मुद्धालाई लिएर भारतले चीन लाई वार्गेनिङ गर्ने पर्यात्न हो?यो कुरालाई हामिले बुझ्नु पर्छ।भारत र चीनको तनातनी कहिँ असलि टार्गेट नेपाल त होईन?देशले आफ्नो नक्सा बनाई सकेपछि त्यसलाई भारतिए तर्फ बाट बिरोध भयकोछ र भारतले काला पानी न दिए छिट्टै सखत पाईलो चाल्ने धम्किपनि भारतले दिएकोछ।यो बेलामा पहिले नेपाल लाई चीनले नै उक्साएको अनुमान भारतले लगाएकोछ।र उस्ले चीनको शक्ति अज्माएको हो जस्तो लाग्छ।

तर जब चीनले भारतलाई खुला छुट दिएको कुरा मिडियाहरुमा आयो ठिक त्यहि बेला भारतले आफु कसैको उक्साहटमा न लाग्ने बिचार ब्याक्त गरेकोछ।यो साहिद लडाईलाई पछि हटाउँने संकेत हुँन सक्छ। जेहौश हामिले भारत र चीनको युद्ध हो भनेर आफु सन्तुष्ट बस्ने बेला छैन।यो लडाई भयो भने यसले नेपाल समेतलाई ठुलो असर पार्ने प्रष्टछ।

यो बेलामा नेपाल ले यो साम्राज्यावादको जाल एम सीसी मा नफसेर आफ्नो स्वतन्त्रता लाई बरकरार राख्नु पर्छ।असलंगन राष्ट्रले यो अंग्रेज हरुले फालेको कलोलाई नखाएपछि देशलाई जोगाउँन हामिले चीन सँग सहयोग लिन सक्छौँ।यो बेला देशको अबस्थामा ध्यान दिएर अगाडि बढ्ने प्रयात्न गर्नु पर्छ।

चर्चामा

सम्बन्धित समाचार