• होमपेज
  • समाज
  • मेयरलाई स्वतन्त्र जनदबाब अभियानको ज्ञापन पत्र

मेयरलाई स्वतन्त्र जनदबाब अभियानको ज्ञापन पत्र

  • मङ्लबार, असार २, २०७७
मेयरलाई स्वतन्त्र जनदबाब अभियानको ज्ञापन पत्र

गत जेठ १० गते पश्चिम रुकुम चौरजहारी ८ सोतीमा घटेको सामुहिक हत्याकाण्डको बिरुद्धमा आज स्वतन्त्र जनदबाब अभियान समुहले हेटौडा उप महानगरपालिका मेयर हरि बहादुर महतलाई ज्ञापनपत्र बुझाएको छ।रुकुम चौरजहारी सामुहिक हत्या काण्डका दोषीहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै आज स्वतन्त्र जनदबाब अभियानका संयोजक अनिलकुमार खातीले हेटौडा उप महानगरपालिका मेयर महत समक्ष ज्ञापनपत्र बुझाएका हुन ।ज्ञापन पत्र बुझ्दै उहाले स्थानिय सरकारले जातिय विभेद हटाउने गरि काम गर्नै हो भने मात्रै यस्तो समस्याको समाधान हुने बताए ।साथै हेटौडा उपमहा नगरपालिका यस्ता सामाजिक गतिविधि गर्न प्रतिबद्ध रहेको बताए।

सम्बन्धित सरोकार निकायहरुलाई हस्ताक्षर सङ्कलन तथा धर्ना कार्यक्रमसगैं ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाउंदै जाने अभियन्ता भुमिनन्द गौतमले बताए ।स्वतन्त्र जनदबाब अभियानले यसअघि रुकुम हत्याकाण्डको बिरोधमा बुद्ध चोकमा ५ दिने धर्ना तथा हस्ताक्षर अभियान सञ्चालन गर्नुका साथै बिभिन्न निकायलाई ध्यानाकर्षण बुझाइसकेको छ।यसै गरी गत जेठ ३२ गते प्रदेश सभा भवन अगाडी प्रदेश सभा सदस्यहरुको हस्ताक्षर सङ्कलन गरीसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार