शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • लकडाउनमा मूड फ्रेस गर्न ‘श्रीमान बिक्रीमा’ !

लकडाउनमा मूड फ्रेस गर्न ‘श्रीमान बिक्रीमा’ !

  • मङ्लबार, असार २, २०७७
लकडाउनमा मूड फ्रेस गर्न ‘श्रीमान बिक्रीमा’ !

वासिंटन : कोभिड-१९ को महामारीबाट बच्न विश्वका अधिकांश सरकारले लकडाउन घोषणा गरेका छन् । सुरुमा त कोभिड १९ को महामारी समर सुरु भएसँगै हराउला भन्ने थियो । तर दिन, साता हुँदै महिना बितिसक्दा पनि यो नष्ट नहुँदा लकडाउन पनि लम्ब्याउन थालिएको छ । आम मानिसहरु भने लकडाउनको दिक्दारीबाट ‘रिफ्रेस’ हुन अनेक उपाय खोजिरहेका छन् ।

खासगरी अमेरिकाका विभिन्न सहरका मानिस पछिल्लो समय लकडाउनको दिक्दारीबाट मुक्त हुन अनेक किसिमका होडिङ बोर्ड तथा ब्यानर टाँग्न थालेका छन् । ‘टिकटक’, ‘भिडिओ कल’ जस्ता कुराले मात्रै नपुगेपछि घरको बार्दलीमा रोचक र ठट्यौला पेन्टिङ तथा ठूला ब्यानर टाँगेर रमाइलो गरिरहेका छन् ।

त्यस्ता ब्यानर हालै सामाजिक सञ्जालमा भाइरल समेत बनेका छन् । ‘अनइन्स्टल २०२० इट्स गट अ भाइरस’, ‘माइ हजबेन्ड फर सेल’ यी दुई ब्यानर सामाजिक सञ्जालमा धेरै भाइरल बनेका हुन् ।

यस्ता अन्य व्यानर पनि रमाइलो पारामा घरमा टाँगिएका हुन् । यी ठट्यौला सन्देशसहितका ब्यानर पहिलो पटक कसले र कहिले टाँगेको थियो भन्ने बारे विस्तृतमा खुलेको छैन । यद्यपि, यी ब्यानर ‘माइन्ड फ्रेस’ गर्न घरबाहिर बरन्डामा टाँगिएको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार