मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • खप्तड छेडेदह
  • बाजुरा खप्तड छेडेदह गाउपालिकाले खरिद गरेको आरडिटी भाेलीदेखी परिक्षणकाे दायरा बढाउने

बाजुरा खप्तड छेडेदह गाउपालिकाले खरिद गरेको आरडिटी भाेलीदेखी परिक्षणकाे दायरा बढाउने

  • सोमवार, असार १, २०७७
बाजुरा खप्तड छेडेदह गाउपालिकाले खरिद गरेको आरडिटी भाेलीदेखी परिक्षणकाे दायरा बढाउने

राजेन्द्र बहादुर रोकाया  — खप्तड छेडेदह गाउपालिकाले खरिद गरेको आरडिटी किट र भिटियम आज गाउपालिका पुग्ने, भोलिदेखी आरडिटी परिक्षणमा तिब्रता दिने भएकाे छ। बाजुरा जिल्लाको खप्तड छेडेदह गाउपालिकाले खरिद गरेको आरडिटी किट र भिटियाम आज गाउपालिका पुग्ने भएको छ । गापालिकामा बसेको कार्यपालिकाको बैठकले निर्णय गरि गाउपालिकाले उक्त सामाग्री खरिद गर्ने निर्णय गरेको गाउपालिकाका अध्यक्ष नरबहादुर रावतले बताए ।

गाउपालिकाले खरिद गरेको ५०० सय आरडिटी किट र २०० सय भिटिएम आज गाउपालिकामा आईपुग्ने खप्तड छेडेदह गाउपालिका वडा नम्बर ७ का वडाध्यक्ष खकेन्द्र बहादुर रावतले जानकारि दिनुभएको छ । वडा अध्यक्ष रावतका अनुसार उक्त वडामा अहिले सम्म् ७० जनाको आरडिटी परिक्षण गरिएको बताए ।

७० जनाको आरडिटी परिक्षण गर्दा ५ जनामा कोरोनाको एन्टीबडी देखिएको छ । आरडिटी पोजेटिभ देखिएका ५ जनाको एक साता बितिसक्दा समेत उनिहरुको स्वाव संकलन भने भएको छैन । स्वाब संकलनको लागी भिटिएमको अभाव भएकाले उनिहरुको स्वाव संकलन नभएको अध्यक्ष खकेन्द्र रावतले बताए। अहिले वडाको चार क्वारेन्टाईनमा ८७ जना रहेका छन् । आज गाउपालिकाले खरिद गरेको आरडिटी किट गाउपालिकामा पुगेपछि भोलिदेखी निरन्तर रुपमा आरडिटी परिक्षण गरिने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार