मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणीमा आरडिटि पोजेटिभ देखिएकी महिलालाई जिल्ला अस्पताल ल्याउने तयारी

त्रिवेणीमा आरडिटि पोजेटिभ देखिएकी महिलालाई जिल्ला अस्पताल ल्याउने तयारी

  • सोमवार, असार १, २०७७
त्रिवेणीमा आरडिटि पोजेटिभ देखिएकी महिलालाई जिल्ला अस्पताल ल्याउने तयारी

 चक्र बहादुर अएडी — त्रिवेणी नगरपालिकामा आरडिटि परिक्षण गर्दा पोजेटिभ देखिएकि ५० वर्षिया माहिलालाई स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पताल बाजुरामा ल्याउने तयारि भईरहेको छ । उनि जेठ १७ गते भारत बाट आएर त्रिवेणी नगरपालिकाको वडा नम्वर ६ को मस्टेश्वरि माध्यामिक विद्यालयको क्वारेन्टाईनमा वस्दै आएकि थिईन ।

उनलाई जेठ ३१ गते आरडिटि परिक्षण गर्दा पोजेटिभ देखिएर सोहि विद्यालयको क्वारेन्टाईनमा बस्दै आएको त्रिवेणी नगरपाकिा स्वास्थ्य शाखा प्रमुख चिरन्जीवी साह ले जानकारि दिनु भएको छ । शाहका अनुसार उनीमा एक्कासि खान मन नलाग्ने , बान्ता हुने र झाडापखाला भएका कारण र समस्या झन जटिल बन्दै गाएका कारण त्यहाँमा उपचार सम्भब नभएपछि जिल्ला अस्पताल पठाउने तयारि भएको बताउनु भयो । जिल्ला अस्पताल पठाउने तयारि गरेपनि गाडिमालिकले लिन नमानेका कारण विरामिलाई समस्या भईरहेको नगर प्रवक्ता प्रेम बहादुर थापाले जानकारि दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार