बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • देश
  • लकडाउनको मौका छोपी बाजुरामा बन्यजन्तुको चोरिशिकारी

लकडाउनको मौका छोपी बाजुरामा बन्यजन्तुको चोरिशिकारी

  • आइतवार, जेष्ठ ३२, २०७७
लकडाउनको मौका छोपी बाजुरामा बन्यजन्तुको चोरिशिकारी

लकडाउनको मौका छोपेर बाजुरामा दुलर्भ बन्यजन्तुको चोरी शिकार बढेको छ । जिल्लाका मार्तडी, दहकोट, मानाकोट, तोली, कैलाशमाण्डौ, काँडा, रुगिन, छतारा, डोगडी लगायत दर्जनौ गाँउमा बन्यजन्तुको चोरी शिकार बढेको छ । लकडाउनका सबै गाँउ केन्द्रीत भएपछि स्थानिय शिकार खेल्न बन्दुक, भाला, खुकुरी लिएर जगंल गएका हिमालीका २ का धनमल बिकले बताएका छन् ।
केही दिन जेठ २७ गते मात्र त्रिबेणी नगरपालिकाको मौरेमा रतुवा गाँउलले घेरा हालेर मारेका थिए । प्रहरी थाहा पाएपछि उनिहरु भोगेका थिए, मृतक रतुवा बन डिभिजन कार्यलय बाजुराले ल्याएर गाँडेको थियो, मार्नमा कोको संलग्न थिए, उनिहरुको खोजी भइरहेको कार्यलय प्रमुख भिम प्रसाद कँडेलले वताएका छन् । रतुवा मार्न लागेको सुचनामा प्रहरी बनका कर्मचारी पुग्दा रतुवा मारेर फालेको अबस्थामा फेला परेको कँडेलले वताए ।
लकडाउनको बेला गाँउमा न सुरक्षाकर्मि आउछँन न बनका कर्मचारी अहिले जंगलमा खुलेआम चोरि शिकारी भइरहेको हिमाली गाँउपालिका ३ बौडीका एक स्थानियले वताएका छन् । उनले भने जंगलमा गएर “दुलर्भ तथा संरक्षित बन्यजन्तु डाँफे, कालिच, बदेल, कस्तुरीमृग, घोरल, बाघ, भालुको सिकार गर्ने गरेको बताए” । शिकार खेल्न स्थानिय बासीको समुह एक दूई हप्ता सम्म जंगलमा बस्ने गर्छन् । ‘जंगलमा गएर भरुवा बन्दुकको प्रयोग तथा पासो प्रयोग गरेर मार्ने गरेको एक स्थानियले भने’ । कसैले त कुकुरहरु प्रयोग गरेर मृगको शिकार समेत गर्ने गरेको जनाए ।
जिल्लाका घना जंगल भएका ठाँउ बडिमालिका, बुढिन्नदा र खप्तड राष्ट्रिय निकुञ्ज नजिकै बढी चोरी शिकारी हुने गरेको पाईएको छ । बन्यजन्तुको शिकार गरी सदरमुकाम मार्तडी र गाँउ गाँउमा खुलेआम बिक्रि हुने गरेको मार्तडीका होटल ब्यबसाहि बताउछन् छन् । एकजना होटल ब्यबसाहिले भने ‘जंगल बाट बन्यजन्तु मारेर सदरमुकाम मार्तडीमा डाँफे, मुनाल, कालिज, बदेल, कस्तुरीमृग, घोरल लगायतका बन्यजन्तुको मासु बिक्रि हुने गरेको बताएका छन्’ ।
सदरमुकाम मार्तडीमा प्रति डाँफे र मुनाल १५ सय देखी २ हजार, कालिज १ हजार भन्दा बढि मुल्यमा बिक्रि हुने गरेको छ । त्यस्तै बँदेल, घोरलको प्रतिकेजी ५ सयमा कस्तुरीमृगको मासु प्रतिकेजी १ हजारमा बिक्रि हुने गरेको मार्तडीमा मृगको मासु बेच्दै एकजना शिकारीले बताए । उनले भने चिसो याममा जंगली बन्यजन्तुको मासु बिक्रि र मुल्य पाउने गरेको बताए । सदरमुकाममा सबै भन्दा बढि ठेकेकदार कार्यलयका कर्मचारी र ब्यापारीहरु किन्ने गरेको उनले भने । बाघको छाला र भालुको पित्त भने चिन, तिब्बत र भारतमा बिक्रि हुने गरेको पाईएको छ ।
जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरि प्रमुख डिएसपी टंक प्रसाद भटराईले भने चोरी शिकारी बढने सम्भाबना भएकाले सबै ठाँउमा रहेका प्रहरीलाई जानकारी गरिसकेको जंगल तिर पनि सर्च अभियान गरीरहेको वताए । राष्ट्रिय निकुञ्ज तथा बन्य जन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पंक्षी तथा बन्य जन्तुको शिकार गर्नेलाई ५ बर्ष देखी १५ वर्ष सम्म कैद र नगद ५० हजार देखी १ लाख सम्म जरीवाना हुन सक्ने कानुनी प्रावधान रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार