शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • अस्पतालबाट कोरोना संक्रमितका शव चोरीमा संलग्न ३३ जना अभियुक्तलाई पक्राउ

अस्पतालबाट कोरोना संक्रमितका शव चोरीमा संलग्न ३३ जना अभियुक्तलाई पक्राउ

  • आइतवार, जेष्ठ ३२, २०७७
अस्पतालबाट  कोरोना संक्रमितका शव चोरीमा संलग्न ३३ जना अभियुक्तलाई पक्राउ

हामीकहाँ कोरोना भाइरसबाट मृत्यु भएका मानिसहरुको शव व्यवस्थापनमा सकस भैरहेको छ । शवको अन्त्येष्टि गर्न वा संक्रमितको शव छुन त परै जाओस् नजिक आउन पनि मान्छेहरु डराउँछन् ।

तर इण्डोनेसियामा भने पछिल्लो समय कोरोना भाइरस संक्रमितका शवहरु अस्पताल तथा शवगृहहरुबाट चोरी हुने घटनामा वृद्धि भएको छ ।

पछिल्लो समय इण्डोनेसियामा संक्रमित मृतकको परम्परागत रुपमा अन्त्येष्टिका लागि आफन्तहरुले मृतकको शव चोरी गर्ने क्रम बढिरहेको छ । कोरोना सम्बन्धी कडा कानूनका बाबजुत पनि शव चोरीका यस्ता घटना बढेसँगै सरकारले अन्त्येष्टि स्थल तथा शवगृहहरुमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

इण्डोनेसियाको पछिल्लो कोरोना सम्बन्धी नियम अनुसार संक्रमित मृतकको लासलाई तत्कालै प्लास्टिकमा बेरेर छिटो भन्दा छिटो चिहानमा गाड्नु पर्दछ । यसो गर्दा मुस्लिमहरुको अन्त्येष्टि संस्कार पूरा गर्न सम्भव हुँदैन, जहाँ लासलाई गाड्नु अगाडि धुने गरिन्थ्यो ।

कोरोना कानूनका कारण आफ्नो धार्मिक आस्था बमोजिमको अन्त्येष्टि गर्न नपाउने भएका कारण पछिल्ला दिनमा सुलावेसी प्रान्तको मकास्सारका अस्पतालहरुमा शव खोस्नका लागि मृतकका आफन्तहरुको घुइँचो लाग्ने गरेको छ । अन्त्येष्टिका लागि तयारी हालतमा राखिएका कतिपय शवहरु अस्पतालबाटै चोरी भएका बताइएको छ ।

शव चोरीको यस्ता घटनामा संलग्न ३३ जना अभियुक्तलाई पक्राउ गरिएको छ । उनीहरुलाई कानून उल्लंघनको अभियोगमा ७ वर्षको जेल सजायँ हुन सक्नेछ ।

उता इण्डोनेसियाको दोश्रो सहर सुराबजास्थित एक अस्पतालबाट समेत संक्रमितको शव चोरी भएको छ । उत्तः घटनामा संलग्न ४ जना मानिसहरु समेत पक्राउ परेका छन् । त्यस्तै जाकार्ताको नजिकै पर्ने बेकासी क्षेत्रमा पनि त्यस्तै घटना भएको छ । त्यहाँ आफन्तहरुले मृतकको कोरोना भाइरस परीक्षणको नतिजा नआउँदै शव चोरेर लगेका छन् । मृतकको स्वास परीक्षणको रिपोर्ट ढिलो गरी आएको र मृतकमा कोरोना पोजेटिभ देखिएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार