सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा ४ सय ६७ जनाको स्वाव संकलन

बाजुरामा ४ सय ६७ जनाको स्वाव संकलन

  • मङ्लबार, जेष्ठ २७, २०७७
बाजुरामा ४ सय ६७ जनाको स्वाव संकलन

बाजुरा– बाजुरा जिल्लाका नौ ओटे स्थानीय तहमा रहेका र संकास्पद ४ सय ६७ जनाको स्वाव संकलन गरिएको छ । बिभिन्न समय गरी आज सम्म संका लागेको ४ सय ६७ जनाको स्वाव संकलन गरिएको हो ।
जिल्लाका नौ ओटै स्थानीय तहमा गरी १ सय ५ जना महिला र ३ सय ६२ जना पुरुष गरी ४ सय ६७ जनाको स्वाव संकलन गरीएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हाल सम्म जिल्लामा २ जना आइसोलेशन बेडमा रहेका छन । जसमा एक जना कोरोना संक्रमीत हुन । जिल्लाको आइसोलेशनबाट १ सय २७ जना बाहिरीएका स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जसमा ९४ जना पुरुष र ३३ जना महिला रहेका छन् ।
जिल्लाका नौ ओटै स्थानीय तहमा १ सय ६७ बेडका आइसोलेशन रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जसमा जिल्ला अस्पताल बाजुरामा १२ बेडको आइसोलेशन रहेको छ । त्यसै गरी त्रिबेणी नगरपालिकामा ६० बेड, बुढिगंगा नगरपालिकामा ३५ बेड, खप्तड छेडेदह गाउँपालिकामा ८, गौमुल गाउँपलिकामा १० बडिमालिका नगरपालिकामा ३७ स्वामी कार्तिक खापर गाउँपालिकामा १ हिमाली गाउँपालिकामा २ र बुढिनन्दा नगरपालिकामा २ गरी १ सय ३७ बेडका आइसोलेशन रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
त्यसै गरी स्वाव संकलनका लागि प्रयोग हुने भिटिएम हालसम्म २७ ओटा बाकी रहेको र २ सय ५२ ओटा खर्च भइसकेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । आज सम्म १ हजार ९ सय ६८ जनाको आरडिटी परिक्षण गरीएको जनाएको छ । जसमा ४ सय ७ जना महिला र १ हजार ५ सय ६१ जना पुरुषको आरडिटी परिक्षण गरीएको स्वास्थ्य कार्यालयको तथ्याङकमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार