शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • रुकुम घटनामा सलग्नहरुलाइ कारवाहीको माग गर्दै सडकमा उत्रिए बाजुराका दलित, पत्रकार र अधिकारकर्मी

रुकुम घटनामा सलग्नहरुलाइ कारवाहीको माग गर्दै सडकमा उत्रिए बाजुराका दलित, पत्रकार र अधिकारकर्मी

  • आइतवार, जेष्ठ २५, २०७७
रुकुम घटनामा सलग्नहरुलाइ कारवाहीको माग गर्दै सडकमा उत्रिए बाजुराका दलित, पत्रकार र अधिकारकर्मी

 पश्चिम रुकुममा भएको घटनाप्रति बाजुरा जिल्लाका दलित पत्रकार र दलित अधिकारकर्मीहरुले आपत्ती जनाउँदै सरकारसँग घटनामा संलग्नलाई कानुनी कारवाही गर्न जोडदार माग गरेका छन् ।

दलितसँग प्रेम गरेको आरोपमा स्थानीयको कुटपिटपछि मृत्यु भएको घटनालाई लिएर राष्ट्रिय दलित पत्रकार संघ र दलित अधिकारकर्मीहरुले आपत्ती जनाउँदै सरकारसँग कानुनी कारवाहीको माग गरेका हुन् ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा गत जेठ १० गते शनिबार राती गैरदलित भनिनेले जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक र उनका साथीहरु टिकाराम सुनार, लोकेन्द्र सुनार र गणेश वुढा मगरलाई घरेलु हातहतियार सहित लखेटी लखेटी सामुहिक रुपमा सांघातिक आक्रमण गरी क्रुर र ज्यादती ढङ्गले नरसंहार एवं हत्या गरी भेरी नदीमा फालेको र सञ्जु वि.क, गोविन्द शाहीलाई वेपत्ता बनाएको घट्ना अत्यन्तै दुःखदायी र निन्दनीय भएको बाजुराका अधिकारकर्मीहरुले बताएका छन् ।

सुष्मा मल्ल र नवराज विक बीच प्रेम सम्वन्ध भएको र गत शनिबार जेठ १० गते प्रेमीका सुष्माले विहे गर्न भनि बोलाएको बताईएको छ । नवराजको घरतर्फ जाँदै गर्दा सम्वन्धित वडाका वडा अध्यक्ष, केटीका बुवाआमा सहित गाउँका दुई तीन सय जनाको समुहले लखेटी सामुहिक रुपमा सांघातिक आक्रमण गरी भेरी नदीमा फालेको प्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । शुक्रबार बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा राष्ट्रिय दलित पत्रकार संघ र दलित अधिकारकर्मीहरुले नवराज विकको हत्याको घटनामा सलग्नहरुलाई सरकारसंग कारवाहीको माग गर्दै शान्तिपूणर् र्याली सहित सडकमा उत्रिएका छन् ।

उनीहरुले बिहीवार जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्रीलार्ई ज्ञापन दिएर अन्तरजातीय प्रेम सम्वन्धका कारण १२ जनामाथि सांघातीक आक्रमण गरिएको घट्नाले नेपालको संविधान, छूवाछुत मुक्त राष्ट्र र नेपाल सरकारले पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको सबै प्रकारका जातीय विभेद सम्वन्धी अन्तर्रा्ष्ट्रिय महासन्धि लगायतको उपहास भएको उल्लेख गरेका छन् ।

जातकै कारण नवराज विक सहित ४ जना होनाहार युवाहरुले ज्यान गुमाएकोले उनीहरुको घटनमा सलग्नहरुलाई तत्काल कारवाही गर्नुपर्ने माग गरेका छन् । अधिकारकर्मीहरुले हत्यामा संलग्नहरुलाई कानुनी दायरमा ल्याई नेपालको संविधान र मुलुकी अपराध संहिता ऐन – २०७४ ज्यान सम्वन्धी कसुर र जातीय भेदभाव तथा छूवाछुत कसुर अन्तर्गत हदैसम्मको कानुनी कारवाहीको जोडदार माग गरेका छन् । शुक्रबार शान्तिपूणर् र्यालीमा दलित पत्रकार संघका प्रतिनिधि, दलित अधिकारकर्मीहरु दलित संघसंस्थाहरुले गम्भिर ध्यानाकर्षण गराएका छन् ।

चर्चामा

सम्बन्धित समाचार