बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • धनगढी बाट आएकी गाँउपालिकाकि उपाअध्यक्ष कुन्ति साउद बुढा क्वारेनटाइनमा

धनगढी बाट आएकी गाँउपालिकाकि उपाअध्यक्ष कुन्ति साउद बुढा क्वारेनटाइनमा

  • शनिबार, जेष्ठ २४, २०७७
धनगढी बाट आएकी गाँउपालिकाकि उपाअध्यक्ष कुन्ति साउद बुढा क्वारेनटाइनमा

लक्ष्मीराज पाध्याय– खप्तडछेडेदह गाँउपालिकाकि उपाअध्यक्ष कुन्ति साउद बुढा क्वारेनटाइनमा बसेकि छन् । उनि १९ गते बाजुरा पुग्ने बितिकै गाँउपालिकाको वडा नम्बर २ मा रहेको कुर्पेकोट आधारभुत बिद्यालयको क्वारेनटाइनमा बसेकि छन् ।
धनगढीमा पनि होम क्वारेनटाइनमा सुरक्षित थिए, तर अरुलाइ नियम सिकाउनेले आफुले पनि पालना गर्नु पर्छ भनेर क्वारेनटाइनमा बसिरहेको वताएकि छन् । जसरी गाँउपालिकामा अरु क्वारेनटाइनमा बसेका छन्, आफु पनि त्यसरी बसेकी छु, १४ दिन सम्म बसेर चेक गरेर मात्र गाँउपालिका जाने बताएकि छन् ।

No description available.
उपाअध्यक्ष कुन्ति बुढा सँगै आएका गाँउपालिका ईन्जिनियर भिम चन्द्र बम र सब ईन्जिनियर योगेश जोशी पनि क्वारेनटाइनमा बसेका छन् । बम र जोशी भने डोगडिको वालबिकास आधारभुक्त बिद्यालयको क्वारेनटाइनमा बसेको बडिमालिका खबरलाइ बुढाले वताएकि छन् ।
उपआध्यक्ष बुढा बसेको क्वारेनटाइनमा १३ जना बसिरहेका छन्, । भारत बाट आएका ९ जना एकजना काठमाडौ र २ जना धनगढी बाट आएको बसिरहेका छन् । अन्य स्थानिय तहमा देश भित्र बाट आएकालाई होम क्वारेनटाइनमा बस्न लगाएका छन्, तर कसैले पनि नियम पालन गरेका छैनन् । तर खप्तड छेडेदह गाँउपालिका उपाअध्यक्ष भने आफै सबै बस्ने क्वारेनटाइनमा बसिरहेको गाँउपालिकाले बताएको छ ।

No description available.
अरुलाइ क्वारेटाइनमा बस भन्नेले आफु नबस्दा जनताले उल्टै प्रश्न गर्छन्, पहिला त आफुले पनि नियम पालना गर्नु पर्छ बुढा बताउँछन्, अरु जसरि बसिरहेका छन्, त्यहि अनुसार बसिरहेको छु, अरुले क्वारेनटाइनमा जे खान्छन आफु पनि त्यहि खाइरहेको वताईन् । गाँउपालिकाको केहि काम गर्नुपरेमा फोन बाट समन्वय गरिरहेको वताएकि छन् ।

No description available.
खप्तडछेडेदह गाँउपालिकाकि उपाअध्यक्ष क्वारेनटाइनमा बसिरहँदा केही स्थानिय तहमा जिल्ला बाट आएका कर्मचारी जनप्रतिनिधि भने क्वारेनटाइनमा बसेका थिएनन् । केही होम क्वारेनटाइनमा बसेको भनेपनि नियम पालना गरेका थिएन् । बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक शाह, कार्यकारी र अन्य कर्मचारी त्यस्तै बुढिनन्दाको उपप्रमुख सृष्टि रेग्मि होम क्वारेनटाइनमा बसेका भनेका थिए । तर उनिहरु केहिले भने नियमको पालना नै नगरेको जनगुनासो आएको थियो । त्रिबेणी नगरपालिकामा भने जिल्ला बाहिर बाट आएका कर्मचारीलाई क्वारेनटाइनमा नराखेर सिधै काममा लगाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार