बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा यसरी मिलाउदै अधिकारकर्मी छुवाछुतका घटना

बाजुरामा यसरी मिलाउदै अधिकारकर्मी छुवाछुतका घटना

  • शुक्रबार, जेष्ठ २३, २०७७
बाजुरामा यसरी मिलाउदै अधिकारकर्मी छुवाछुतका घटना

बडिमालिका ब्युरो-– नेपाल सरकारले पनि जातिय भेदभाव तथा छुवाछुत (कसुर र सयाय) ऐन २०६८ लागु गरेको छ । छुवाछुत गर्नेलाई ३ महिना देखी ३ बर्ष कैद वा १ हजार देखी २५ हजार जरीवार वा दुबै सजाय हुने ब्यबस्था रहेको छ । साथै छुवाछुत गर्ने सघाउनेलाई मुख्य कसुरीको ५० प्रतिशत सजाय हुने छ । सार्वजनिक पद धारण गरेकोलाई भने थप २५ प्रतिशत कार्यवाहि हुने ब्यबस्था रहेको छ । पिडितलाई २५ हजार देखी १ लाख सम्म क्षति पुर्ति गर्ने कानुनी ब्यबस्था रहेको छ । पिडितले ९० दिन भित्र प्रहरीमा उजुरी गरी सक्नु पर्ने ब्यबस्था रहेको छ ।
नेपालको संबिधानले पनि मौलिक हकका रुपमा कसैलाई बिभेद गर्न नपाउने गरि समानताको हकमा राखेको छ । त्यस्तै फौजदारि अपराध संहिता २०७४ ले जातिय भेदभाब बिरुद्ध कानुन ल्याइएको छ । तर बाजुरामा भने छुवाछुतका घटना मिलोमतो हुदै आएको छन् ।
२०७४ साल असार ९ गते भैसी छुएको न्युमा छेडेदह गाँउपालिका १ काँडा बस्ने प्रेम बहादुर विकलाई अमानयि ब्यवहार गर्नुका साथै दुई हजार जरिवाना गराईयो । सोही वडाका राजेन्द्र बहादुर सिंहको भैसी छुएको भन्दै बोका काटनु पर्छ भैसी बिग्रन्छ भनेर वडा अध्यक्ष विर बहादुर रावलको रोहवहरमा २ जरिवाना गराईयो । सञ्चार माध्यम समाचर प्रकाशित पछि केही अधिकारकर्मीले सहयोगमा प्रेम बहादुर विकलाई जिल्ला प्रहरी कार्यलयमा ठाडो उजुरी दिन लगाए । तर बाहिर दलित अधिकारकर्मी, राजनितिक दल र नागरीक समाजको मिलोमतोमा ८० हजारमा छुवाछुतको घटना मिलापत्र भयो । प्रहरी मुद्धा डायर गर्ने लाई पिडितलाई आग्रह गरेपनि नमानेर मुद्धा त्यतिकै मिलापत्र भएको जिल्ला प्रहरी कार्यलय बाजुराका तत्कालिन मुद्धा फाटका सई कृष्ण खड्काले बताए ।
२०७० साल भदौ ५ गते बुढिन्नदा नगरपालिकाको बुढिन्नदा माईको दर्शनको सुरक्षामा खटिएका प्रहरी जवान जनक विकलाई पुजारी र स्थानियले दलित भन्दै बिच बाटोमै फर्काए । मन्दिरका पुजारी श्रीलाल बोहोराको संलग्नतामा दलित गए अनिष्ठ हुने भन्दै बिच बाटो बाटै फर्काए । असई शेर बहादुर चन्दको नेतृत्व गएको प्रहरीको टोलीले पनि स्थानिय र पुजारीेको दवाफ फिर्ता गराए ।
पिडित प्रहरी जवान जनक विकले जिल्ला प्रहरी कार्यलयमा ठाडो निबेदन दिए । साथै न्यायका लागि दलित अधिकारकर्मी, सञ्चारकर्मी नागरिक समाजलाइ आग्रह समेत गरे । घटना राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चा पायो । पुजारी श्रीलाल बोहोरालाई प्रहरीले नियन्त्रण समेत लियो । तर अन्तमा ति अधिकारकर्मी नागरिक समाज, पत्रकार को सहमति घटना मिलापत्र गराईयो । १९ जना अधिकारकर्मी र पुजारी जवानको मिलोमतोमा कागजमा मिलाएर घटना ढाकछेप गरियो ।
२०६९ साल दशैको बेला सदरमुकाम मार्तडीमा रहेको बडिमालिका मन्दिरका टिकाको दिनमा दलित मन्दिरमा प्रबेश गरेको भन्दै गरै दलितले दलितमाथि कुटपिट गरे । बडिमालिका ९ मार्तडी बस्ने सिता विक र लक्ष्मि विक गम्भिर घाइते भएर धनगढि अञ्चल अस्पतालमा उपचार भयो । तर प्रहरी प्रशासन नजिकै भएको यो घटना पनि पैशामै मिलापत्र भयो । घटना मुद्धाको गएन् ।
बाजुरा जिल्ला ठुला ठुला जातिय छुवाछुतका घटना भएपनि अहिले सम्म कानुनी डायरामा आउन सकेको छैन् । प्रहरीलाई राजनितिक दवाफमा पारेर पिडितलाइ पैशा र डर धम्किले मिलापत्र हुने गरेको पत्रकार महासंघ बाजुराका सचिब प्रेम बिकले वताएका छन् । राष्ट्रि रुपमा चर्चा पाँउने भएपनि अन्तममा ढाकछेप हुने गरेका विकले वताए । धेरै घटनामा दलित अधिकारकर्मीकै मिलोमतो छुवाछुतका घटना मिल्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार