बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • लकडाउन उल्लंघन गरेको भन्दै व्यापारी पक्राउ

लकडाउन उल्लंघन गरेको भन्दै व्यापारी पक्राउ

  • मङ्लबार, जेष्ठ २०, २०७७
लकडाउन उल्लंघन गरेको भन्दै व्यापारी पक्राउ

धनगढीमा लकडाउन उल्लंघन गरेको भन्दै व्यापारी पक्राउ परेका छन्। अति आवश्यक वाहेकका पसलहरु समेत खोलेपछि केही व्यापारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक अनुपम शमशेर जवराले बताए।

पक्राउ गरेर ५ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याईएकोमा उनीहरुलाई अहिले सम्झाई बुझाई छोडिएको जिल्ला प्रहरी कार्यालयकैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले बताए।

पक्राउ गरेपछि व्यापारीहरुले जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन समेत गरेका छन्। स्थानीय प्रशासनले कसैलाई खोल्न दिने र कसैलाई खोल्न नदिने गरेर व्यापारीहरुमाथि विभेद गरेको भन्दै प्रदर्शन गरिएको हो। अहिले व्यापारीहरुको उद्योग वाणिज्य संघमा छलफल भईरहेको छ।

चर्चामा

सम्बन्धित समाचार