शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • धनगढीका संक्रमितसंगै बाजुराका ५ जना थिए अरू जिल्लाका कती पुरा बिबरण हेर्नुहाेस

धनगढीका संक्रमितसंगै बाजुराका ५ जना थिए अरू जिल्लाका कती पुरा बिबरण हेर्नुहाेस

  • सोमवार, जेष्ठ १९, २०७७
धनगढीका संक्रमितसंगै बाजुराका ५ जना थिए अरू जिल्लाका कती पुरा बिबरण हेर्नुहाेस

आज धनगढीका थप एक जनामा कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर १२ का २५ बर्षीय युवकमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनी संगै बाजुराका  ५, जना लगायत ८ सय ३४ जना नाकामा पुगेकाे जनाएकाे छ ।

उनमा कोरोना पुष्टि भएपछि अहिले सेती प्रादेशिक अस्पताल ल्याउने तयारी भईरहेको समेत सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार उनी भारतको दिल्लीबाट जेठ ७ गते धनगढी भित्रिएका थिए। सो दिन उनीसंगै रहेका ८ सय ३४ जनाको उद्धार गरिएको समेत प्रहरी नायव उपरिक्षक बस्नेतले बताए।

कैलालीका दुई ७४, कंचनपुरका एक सय ९०, डडेल्धुराका ८१, डोटीका एक सय १५, अछामका ८, बाजुराका ५, बैतडीका ७६, बझाङका १९, दार्चुलाका एक र अन्य विभिन्न जिल्लाका ६५ गरी ८ सय ३४ जना भित्रिएका थिए। अहिले उनीहरुलाई सम्बन्धित जिल्लाको क्वारेन्टाईनमा राखिएको छ।

चर्चामा

सम्बन्धित समाचार