शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • कोरानोबाट मृतक बालिका सँग बुढिगंगा र गौमुलका ५५ जना दिल्ली बाट सँगै आएका थिए

कोरानोबाट मृतक बालिका सँग बुढिगंगा र गौमुलका ५५ जना दिल्ली बाट सँगै आएका थिए

बाजुरा पुग्दा भने नाै वटै स्थानिय तहका ३ सय ७१ पुगेका थिए

  • सोमवार, जेष्ठ १९, २०७७
कोरानोबाट मृतक बालिका सँग बुढिगंगा र गौमुलका ५५ जना दिल्ली बाट सँगै आएका थिए

बाजुराको बुढिगंगा १ कि कोरोना बाट मृत्यु भएकी वालिका सँग भारतको दिल्ली बाट बाजुराको बुढिगंगा नगरपालिका र गौमुल गाँउपालिकाका गरि ५५ जना सँगै आएको मृतकका बुवाले बडिमालिका खबरलाइ बताएका छन् ।
आफु भारतको रोयणीको नानपुर सेक्टर ७ मा बस्दै आएको थिए । गौमुल र बुढिगंगा नगरपालिका ५५ जना मिलेर २ बसमा सँगै गौरिफन्टा पुगेको बताएका छन् । दिल्ली बाट गौरिफन्टा आउदाँ युपि बोडरमा एक दिन सबै जना क्वारेनटाइनमा बसेको वताएका छन् । दुईवटै बसका घुलमिल भएर आएका हौ, बाजुरा पुग्दा सम्म त धेरै पुगेका हुन्, दिल्ली बाट गौरिफन्टा सम्म भने ५५ जनाको टिम आएको आइसोलेसन बसेका वालिकाका बुवाले टेलिफोनमा बताएका छन् । आफु भारतमा गाडि चलाउने काम गर्दै आएको वताएका छन् ।
उनिहरु आएको दिनमा बाजुरामा भने नौ वटै स्थानिय तहका ३ सय ७१ जना आएको बुझिएको छ । १३ गते गौरिफन्टा नाका बाट आएका ति वालिका र उनका आमाबुवा १४ गते बाजुरा पुगेका थिए ।
बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको क्वारेनटाइनमा त्यो दिन ५४ जना बसेका थिए । बालिकाको अबस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा आइसोलेसनमा जेठ १५ गते साझँ राखिएको थियो । धुरालसैन क्वारेनटाइनमा अहिले ६१ महिला र १ सय २४ पुरुष गरि १ सय ८५ जना रहेका छन् । उनिहरु सँगै भारत बाट आएका क्वारेनटाइनमा बसेका धिर बहादुर परिले भने धनगढी बाट बाजुरा आउदा एउटै बसमा आएका अन्य क्वारेनटाइनमा बसेको बताएका छन् । बुढिगंगा नगरपालिका ४ र २ का बासिन्दा पनि आएको बडिमालिका खबरलाइ बताएका छन् ।
मृतक बालिकाकि २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिपोट भने नेगेटिभ आएको छ । मृतक वालिका आमा र बुवाको लाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तिनै जनाको स्वाब धनगढी पठाईएको थियो ।
बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको आइसोलेसनमा अबस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा आइसोलेसनमा रहेको जेठ १५ गते साझँ राखिएको थियो । २ बर्षका उक्क्त बच्चामा पखाला, ज्वरो, श्वासप्रश्वास समस्या बाट ग्रसित रहेका थिए । बच्चाको उपचार त गरिरहेका छौ, अबस्था निकै चिन्ताजनक रहेको थियो उनलाई बचाउन नसकिएको उपचार संलग्न चिकित्सकले बडिमालिका खबरलाइ बताएका छन् ।
बाजुरामा एकजना वालिकाको मृत्यु सँगै बाजुरा उच्च जोखिम बनेको छ । बाजुरामा भारत बाट आउने संख्या बढेसँगै जोखिम बन्दै गएको छ ।

चर्चामा

सम्बन्धित समाचार