बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • कोरोना बाट मृत्यु भएकि वालिकाको शब ब्यबस्थापनमा नगर प्रमुख बडुवाल आफै पुगे

कोरोना बाट मृत्यु भएकि वालिकाको शब ब्यबस्थापनमा नगर प्रमुख बडुवाल आफै पुगे

  • आइतवार, जेष्ठ १८, २०७७
कोरोना बाट मृत्यु भएकि वालिकाको शब ब्यबस्थापनमा नगर प्रमुख बडुवाल आफै पुगे

कोभिड–१९ तथा कोरोना रोगको बिरामीको ब्यबस्थापन भन्दा कोरोना बाट संक्रमितको मृत्यु पछि लाश ब्यबस्थापन गर्न निकै समस्या भइरहेको बेला बाजुरामा भने नगर प्रमुख आफै शब गाडने स्थलमा पुगेका छन् । सदरमुकाम मार्तडी रहेको नगरपालिका नगरप्रमुख पदम बडुवाल शब ब्यबस्थापनमा मात्र लागेन लाश गाड्ने ठाँउमा पुगेर शबको ब्यबस्थापन गरेका छन् ।
बाजुरामा आईतवार बिहाना बालिकाको मृत्यु भएको थियो । दिउसो मात्र मृतक वालिका र आमा कोरोना पोजेटिभ रिपोट आएको थियो । शब कसरी ब्यबस्थापन गर्ने कहाँ गर्ने जिल्ला स्थित सरोकारवाला बिच छलफल भएको थियो । नगरप्रमुख पदम बडुवालले बडिमालिका नगरपालिका ६ राप्क नजिकै बुढिगंगा नदिमा छेउमा रहेको नुने पानिमा शब गाड्ने प्रस्ताब ल्याएका थिए । त्यहि प्रस्ताब अनुसार शब ब्यबस्थापन गर्ने योजना बनेको थियो । अन्य जिल्लामा कोरोना बाट मृत्यु भएका बिरामीको शब ब्यबस्थापन गर्न असहज बनेको खबर आएको थियो, तर बाजुरा भने सहजै रुपमा शब ब्यबस्थापन भएको छ ।


आइसोलेसनमा मृत्यु भएकी बालिकाको नेपाली सेनाले शव ब्यबस्थापन तथा पलाष्टिमा राखेर बडिमालिका नगरपालिकाको टिफरमा राखेको थियो । टिफरले बोकेर शब ब्यबस्थापन ठाँउमा लगेको थियो । नगर प्रमुख पदम बडुवाल र जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख टंक प्रसाद भट्टराई भने लाश गाड्ने ठाँउमा पुगेर लाशको ब्यबस्थापन गरेका थिए । डोजर लग्यौ, डोजरले खाल्डो खनेर त्यसैमा हालेर पुरेको नगर प्रमुख बडुवालले बडिमालिका खबरलाई बताएका छन् । त्यहाँ ब्यबस्थापन गर्न र अर्को त्यहाँ स्थानिय सँग समन्वय गर्नका लागि आफै शब गाड्ने ठाँउमा पुगेको उनले वताए । संकटको बेलानै हो ब्यबस्थापन गर्न सबै डराएका थिए, आफुले सहजै रुपमा शब ब्यबस्थापन गरेको बताएका छन् ।


मृतक बालिका बुढिगंगा नगरपालिका १ कुडिकि हुन् । तर अर्को नगरपालिकाको शब भएपनि बडिमालिका नगरपालिका नगरप्रमुख शब ब्यबस्थापन गर्न सक्रिय भएको नेपाली सेनाका मेजर रबिन श्रेष्ठले वताएका छन् । यो कोभिड १९ संकट बेला नगरप्रमुख भुमिका उल्लेखनिय रहेको उनले वताए । शब ब्यबस्थापनका लागि जिल्ला प्रशासन कार्यलय बाजुरामा निमित्त साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीको अध्यक्षतामा बैठक बसेको थियो ।


बाजुरामा २ बर्षिय वालिकाको कोरोनाका कारण मृत्यु, र आमा पनि कोरोना संक्रमित देखीए संगै बुढिगंगा नगरपालिका १ को धुरालसैन माबि सिल गर्ने निणर्य गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको आइसोलेसनमा अबस्था जटिल भएपछि मृतक बालिका सहति उनका आमा बुवा समेत जेठ १५ गते सदरमुकाम मार्तडीमा आइसोलेसनमा ल्याएको थियो । बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएको बालिका कोरोना बाट मृत्यु भए संगै संक्रमित बसेको क्वारेन्टाइन समेत सिल गर्ने निणर्य गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बुढिगंगा १ घर भएकी २ बर्षिय बालिकाको आईतवार बिहान मृत्यु भएको थियो । उनको सेति प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाएको परिक्षणमा कोरोना पोजेटिभ देखीएको हो । आईतवार दिउँसो आएको रिर्पोटमा उनको कोरोनाका कारणले मृत्यु भएको शुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार