बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • कोरोना बाट मृत्यु भएकि वालिकाको शब बडिमालिकाको टिफरले बोकेर लग्यो

कोरोना बाट मृत्यु भएकि वालिकाको शब बडिमालिकाको टिफरले बोकेर लग्यो

  • आइतवार, जेष्ठ १८, २०७७
कोरोना बाट मृत्यु भएकि वालिकाको शब बडिमालिकाको टिफरले बोकेर लग्यो

बाजुरा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएकी बालिकाको शव ब्यबस्थापन नेपाली सेनाले गरे सँगै शब बडिमालिका नगरपालिकाको टिफरले बोकेर लगेको थियो । टिफरले बोकेर बडिमालिका नगरपालिका ६ राप्क नजिकै रहेको नुनेपानि लगेर गाडिएको छ । लाश बोक्ने शब बाहन नभएपछि टिफरले बोकेर लगेको बडिमालिका नगरपालिका नगर प्रमुख पदम बढुवालले वताएका छन् ।
मृतक वालिकाको शब जिल्ला अस्पताल बाजुराको आइसोलेसन कक्षमा राखिएको थियो । बाजुरामा २ बर्षिय वालिकाको कोरोनाका कारण मृत्यु, र आमा पनि कोरोना संक्रमित देखीए संगै बुढिगंगा नगरपालिका १ को धुरालसैन माबि सिल गर्ने निणर्य गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको आइसोलेसनमा अबस्था जटिल भएपछि मृतक बालिका सहति उनका आमा बुवा समेत जेठ १५ गते सदरमुकाम मार्तडीमा आइसोलेसनमा ल्याएको थियो । बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएको बालिका कोरोना बाट मृत्यु भए संगै संक्रमित बसेको क्वारेन्टाइन समेत सिल गर्ने निणर्य गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बुढिगंगा १ घर भएकी २ बर्षिय बालिकाको आईतवार बिहान मृत्यु भएको थियो । उनको सेति प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाएको परिक्षणमा कोरोना पोजेटिभ देखीएको हो । आईतवार दिउँसो आएको रिर्पोटमा उनको कोरोनाका कारणले मृत्यु भएको शुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार