शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धार्मिक
  • वि.सं.२०७७ साल जेठ १८ गते आईतबारकाे राशीफल

वि.सं.२०७७ साल जेठ १८ गते आईतबारकाे राशीफल

  • आइतवार, जेष्ठ १८, २०७७
वि.सं.२०७७ साल जेठ १८ गते आईतबारकाे राशीफल

वि.सं.२०७७ साल जेठ १८ गते । आईतबार । ईश्वी सन् २०२० मे ३१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि– नवमी,२४ घडी ०८ पला,दिउसो ०२ बजेर ५० मिनेट उप्रान्त दशमी । नक्षत्र– उत्तरफाल्गुनी,४९ घडी १४ पला,रातको,१२ बजेर ५२ मिनेट उप्रान्त हस्त । योग– बज्र,२३ घडी ५८ पला,दिउसो ०२ बजेर ४६ मिनेट उप्रान्त सिद्धि । करण–कौलव,दिउसो ०२ बजेर ५० मिनेट उप्रान्त तैतिल,रातको ०१ बजेर ४८ मिनेट उप्रान्त गर । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–सिंह,बिहान ०८बजेर ०४ मिनेट उप्रान्त कन्या ।

काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५३ मिनेट । दिनमान ३४ घडी १६ पला । सर्वार्थसिद्धि योग अहोरात्र। विश्व धूमपानरहित दिवस।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) वादविवाद तथा प्रतिस्पर्धामा तपार्ईँको जित निश्चित हुनेछ । व्यापार व्यावसायमा मन्दि आउने तथा घाटा हुनेछ । मायाप्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मावली पक्षबाट तपार्ईँको काममा सहयोग हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वअध्ययनले पढाइ लेखाइमा प्रतिस्पर्धिहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नया ठाउबाट प्रेम प्रस्ताव आउनेछ । प्रयत्न गर्दा पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् । तरपनि समय अनुकुल नहुनाले खानपान तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्यामा सन्तोषजनक प्रगती भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव वढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला । वाहिरी वातावरणसँग जुध्न नसक्दा छाती सम्वन्धी समस्या आउँन सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाजुभाई तथा छिमेकी सँगको सम्वन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । पढाई लेखाई मन जाने तथा आगामी दिनहरुका भनेजस्तो सफलता हात पार्न सकिनेछ । तरपनि समय अनुकुल नहुनाले खानपान तथा सरसफाईमा ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु विच घनिष्टता बढेर जानेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुनेछ । समयको अध्ययन गरेर रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । तरपनि समय अनुकुल नहुनाले खानपान तथा सरसफाईमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । धार्मिक कार्य तथा सामाजिक कार्यमा खर्च बढे पनि मन खुसी रहनेछ । स्वास्थ्य सम्वन्धी सामान्य समस्याले नसताउँला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछी परिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) ईमान्दारिता पुर्वक गरीएको प्रयासबाट सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । चाहको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लीत हुनेछ । तरपनि समय अनुकुल नहुनाले खानपान तथा सरसफाईमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कानुन सम्वत गरीने कुनै पनि कामहरु सौहार्दपुर्ण वातावरणमा सम्पन्न हुने हुँदा मान सम्मानमा बृद्धि भएर जानेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेकोछ । प्रेम प्रशङमा सामिप्यता बढेर जानेछ । घरमै वसेर प्रविधिको प्रयोग गरि अध्ययन गर्न सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । सामाजिक कामगरी समाजमा नाम कमाउँन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसी पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बाटो हिड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुने हुँदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितीले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

चर्चामा

सम्बन्धित समाचार