शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

  • शनिबार, जेष्ठ १७, २०७७
क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

  काठमाण्डाै —  दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा बस्दै आएका एक जनाको मृत्यु भएको छ। दुल्लु नगरपालिका–११ का ३५ वर्षीय उनको दुल्लु नगरपालिका–७ मा रहेको क्वारेन्टिनमा मृत्यु भएको हो। दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीका अनुसार शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको हो।

‘चिया खाइसकेपछि हिँडिरहेका बेला एक्कासि ढल्नुभएछ, त्यसको १० मिनेटमै मृत्यु भएको हो,’ उनले भने। मेयर भण्डारीका अनुसार भारतबाट फर्किएका उनी क्वारेन्टिनमा बसेको १० दिन भएको थियो।

स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरज पन्तका अनुसार उनको स्वाब संकलन गरी जुम्ला पठाइसकिएको छ। तीन दिनअघि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको हो। शनिबार नै पिसिआर नतिजा आइसक्ने उनले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार