मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • दाङमा उपचाररत ८ जना कोरोना संक्रमित निको भए, डिस्चार्ज हुनेको संख्या १९५ पुग्यो

दाङमा उपचाररत ८ जना कोरोना संक्रमित निको भए, डिस्चार्ज हुनेको संख्या १९५ पुग्यो

  • शुक्रबार, जेष्ठ १६, २०७७
दाङमा उपचाररत ८ जना कोरोना संक्रमित निको भए, डिस्चार्ज हुनेको संख्या १९५ पुग्यो

काठमाडौं–  नेपालमा कोरोना संक्रमण भएर उपचाररत थप ८ जना संक्रमित निको भएर घर फर्किएका छन्। दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा उपचाररत ८ जना शुक्रबार  कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन्।  योसँगै नेपालमा निको हुने संख्या १ सय ९५ पुगेको छ। हालसम्म नेपालमा १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाको निधन पनि कोरोनाका कारण नै भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ।

चर्चामा

सम्बन्धित समाचार