शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • बाजुरामा क्वारेनटाइन बाट भागेर गाँउ पुगेका युवालाई गाँउलेद्धारा ढुङ्गामुढा प्रहार

बाजुरामा क्वारेनटाइन बाट भागेर गाँउ पुगेका युवालाई गाँउलेद्धारा ढुङ्गामुढा प्रहार

  • शुक्रबार, जेष्ठ १६, २०७७
बाजुरामा क्वारेनटाइन बाट भागेर गाँउ पुगेका युवालाई गाँउलेद्धारा ढुङ्गामुढा प्रहार

क्वारेनटाइनमा बाट भागेर गाँउ गएका युवालाई गाँउलेहरुले गाँउ पस्न दिएनन्, उल्टै उनि माथि ढुङ्गामुढा प्रहार गरेका छन् । खप्तडछेडेदह गाँउपालिका २ मालिका माबि ग्रान्जा क्वारेनटाइन बाट भागेर आफ्नाे गाँउ पुगेका २५ बर्षिय बिरजेत बुढाले गाँउलले गाँउ पस्न नदिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख टंक प्रसाद भट्टराइले वताएका छन् ।
बुधवार भारत बाट आएर क्वारेनटाइनमा बसेका ति युवा भागेर गाँउ पुगेका थिए । गाँउलले उल्टै उनि माथि ढुङ्गामुढा प्रहार गरेर पस्न नदिएपछि फेरी क्वारेनटाइन गएका छन् । गाँउलेको प्रहार बाट घाइते भएका उनकाे टाँउकाे चाेट लागेकाे छ, टाँउकाेमा पाँच वटा टाका लगाएकाे जयबाेश्वरी स्वास्थ्य चाैकीमा कार्यरत अनमि निर्मला बमले बडिमालिका खबरलाइ बताएकि छन् । हाम्रा प्रहरी थोरै छन्, कति बेला भागेर गाँउ पुगेछन पछि गाँउलले ढुङ्गामुढा प्रहार गरेर फिर्ता गरेको प्रहरीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार