शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या २० पुग्यो : सामाजिक विकास मन्त्री सुवेदी

सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या २० पुग्यो : सामाजिक विकास मन्त्री सुवेदी

  • बिहिबार, जेष्ठ १५, २०७७
सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या २० पुग्यो : सामाजिक विकास मन्त्री सुवेदी

धनगढी : सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सुदूरपश्चिममा थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन्।

प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठकमा कोरोना भाईरसको नियन्त्रणका लागि प्रदेश सरकारले गरेको गतिविधिको बारेमा जानकारी गराउँदै मन्त्री सुवेदीले बुधवार थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।

नयाँ सक्रमित मध्ये दुई जनाको टीकापुर र एक जना दार्चुला अस्पतालमा उपचार भईरहेको मन्त्री सुवेदीले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। उनी युएईको दुबईबाट फर्किएका थिए। त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। लम्कीका २१ बर्षीय युवक भारतबाट फर्किएका थिए।

बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो। उनी पूर्वी नेपालबाट सुदूरपश्चिम आएकी थिईन्। बैशाख १ गते सम्म पुष्टि भएका पाँचै जना संक्रमित कोरोनालाई जितेर घर फर्किसकेका छन्। त्यसपछि ४० दिनसम्म सुदूरपश्चिम प्रदेशमा कोरोनाका नयाँ संक्रमित फेला परेनन्।

जेठ नौँ गते एकैदिन सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भयो। कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको थियो। कैलालीका तीन जना संक्रमित मध्ये एक जना भारतबाट लुकिछीपी आएका थिए भने बैतडीका संक्रमित पनि संक्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडि भारतबाट फर्किएका थिए।

अन्य तीन जनाको भने आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। त्यसपछि जेठ १० गते थप चार जनामा कोरोना पुष्टि भयो। बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए।

जेठ ११ गते अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भयो। उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए। पछिल्लो पटक १३ गते मात्रै कैलालीको जानकी गाउँपालिकाका ३८ बर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ बर्षीय बालिका गरी सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि भएको थियो।

अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिईन्। उनका बुवामा पनि आईतवार कोरोना संक्रमण पुष्टि भईसकेको छ। उनको सेती अस्पतालमा उपचार भईरहेको छ। कैलालीका संक्रमित पनि भारतबाट आएको खुलेको थियो। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार