शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • स्थानीय उत्पादन नै गाउँपालिकाबाट राहत दिइराखेका छाैँ : उपाअध्यक्ष थापा (भिडीयाे सहित )

स्थानीय उत्पादन नै गाउँपालिकाबाट राहत दिइराखेका छाैँ : उपाअध्यक्ष थापा (भिडीयाे सहित )

सुनाैला हजार दिनका अामालाइ पाेषण झाेला

  • सोमवार, जेष्ठ १२, २०७७
स्थानीय उत्पादन नै गाउँपालिकाबाट राहत दिइराखेका छाैँ : उपाअध्यक्ष थापा (भिडीयाे सहित )

लक्ष्मीराज पाध्याय– बाजुरा जिल्लाको गौमुल गाउँपालिकाले स्थानिय स्तरमा उत्पादन भएको जौ आलु मकै लगायतको अन्न खरिद गरेर गाउँमा राहतस्वरुप बितरण गरेको छ । बडिमालिका खवरले नियमीत कार्यक्रममा गौमुल गाउँपालिका उपाअध्यक्ष सिता थापाले यस्तो बताएकी छन् ।
देशभर लकडाउन भएका बेला गौमुलमा पनी कुनै पनी जनताको चुलो निम्न नदिने गौमुल गाउँपालिका उपाअध्यक्ष सिता थापाले बताएकी हुन । त्यस्तै गाउँपालिकामा सुनौला हजार दिनका आमालाई पोषण झोला बितरण कार्यक्रम समेत संचालन गरिएको उनले बताइन् । कोरोना भाइरसका कारण गरिएको लकडाउनमा परेका सुनौला हजार दिनका आमालाई पोषण झोला दिने कार्यक्रम संचालन गरेको उपाअध्यक्ष थापाले बताएकी छन् ।
बडिमालिका खवरको नियमीत कार्यक्रम कोरोनाको कहरमा स्थानीय तहको भुमीका बिषायक बहस कार्यक्रममा उपाअध्यक्ष थापाले यस्तो बताएकी हुन । गाउँमा पैचो रिण सापटी र गाउँपालिका बाहिरबाट भए पनी आˆना गाउँपालिकाका जनताका लागि पुर्ब तयारी गरेको हरेक वडामा २० कुइन्टल खाद्यन्नको ढुवानी गरि गाउँमा रहेका मजदुर र गरिव परिवारमा राहत बितरण गरिसकेको उपाअध्यक्ष थापाले बडिमालिका खवरमार्फत बताएकी हुन ।
हाल गाउँमा कोराना भाइरसका बिषयमा पनी प्रचार प्रशार र पुर्ब तयारी गरिरहेका छौ । लकडाउनको पुणर् पालन गरिरहेका छौ कुनै ठाउँमा सामान्य रुपमा कही कतै भए पनी लकडाउनको पुणर् पालना आˆना गाउँपालिकाका जनताले गरिहेको छन् उपाअध्यक्ष थापाले बताइन । त्यसै गरि हाल बिश्वमा कोरोना भाइरस कोबिट १९ को संक्रमणले ग्रसित रहेको र यो समयमा स्वास्थ्यकर्मीहरु निकै जोखीममा रहेकाले स्वास्थ्यकर्मीहरुलाई हौसला प्रदान गर्न केही सघिंय सरकारले गरेको भए पनी गाउँपालिकाले पनी थप हौसला स्वरुप भत्ताको ब्यबस्थापन गरिसकेको उपाअध्यक्ष थापाले बताएकी छन् ।

https://youtu.be/UVIhCSTjlXI

चर्चामा

सम्बन्धित समाचार