शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • कडा चट्टान फाेड्दै गाैमुल गाउँपालिका

कडा चट्टान फाेड्दै गाैमुल गाउँपालिका

साबिकको दहकोट सडक संजालमा जोडिदै

  • बुधबार, माघ २९, २०७६
कडा चट्टान फाेड्दै गाैमुल गाउँपालिका

लक्ष्मीराज पाध्याय / बाजुरा २९ माघ– बाजुरा जिल्लाको हिमाली गाउँपालिका पछिको दुर्गममा रहेको गौमुल गाउँपालिकाको साबिको दहकोट गाबिसमा सडक संजालमा जोडिने भएको छ । गाँउपालिकाले सडक सञ्जालमा जाेडनका लागी डाेजर मार्फत कडा चट्टान फाेडिरहेकाे छ ।  गौमुल गाउँपालिका प्रदेश सरकार सघिंय सरकारको सहयोगमा बाटो निर्माण पछि दहकोट सडक संजालमा जोडिने भएको हो । गौमुल गाउँपालिका अन्तर्गत घट्मुना काल्चे सडकखण्डको २० प्रतिशत सडक बनाउन बाकी रहको छ । सो सडक निर्माण पछि दहकोटका स्थानीयको गाडि चढ्ने धोका पुरा हुने भएको देखीन्छ । हाल दुई ओटा गाबिस मिलेर बनेको गौमुल गाउँपालिकाको दहकोट हिमाली गाउँपालिकाको बिच्छ्या गाबिस पछिको दुर्गमको रुपमा रहेको छ । दहकोट सम्म सडक संजालले छोएपछी हिमाली गाउँपालिको बिच्छ्या गाबिस मात्रै सडक संजालमा जोडिन बाँकी रहने भएको छ । बाजुराका ९ ओटा स्थानीय तह र साबिकका २७ गाबिसहरु मध्य साबिकका दुई ओटा गाबिस मात्र सडक संजालमा जोडिन बाकि रहेका थिए । जसमा गौमुल गाउँपालिकाको दहको अबको दुई महिनामै सडक संजालमा जोडिने भएको छ ।
गौमुल गाउँपालिकाले विकास निमार्णमा खेलेको भूमिका र गाउँका जनताको दुखलाई मध्यनजर गर्दे योजनालाई पहिलो प्राथमिकतामा पार्नु नै राम्रो काम भएको बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए । कठिन भूगोलका बाबजुत पनि जनताहरुको आवश्यकता परिपूर्तिका लागि स्थानीय सरकार तीब्र रुपमा काम गरेकोमा खुसी लागेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।
दुर्गम र बिकटमा पर्ने गौमुल गाउँपालिकाको साबिक दहकोटका स्थानीय यस अघि निकै दुख कष्टका साथ सो भिर वारपार गरेर सदरमुकाम आउने र जाने गरेका थिए । स्थानीय तहको निर्बाचन भइसकेपछि कोल्चे भिरलाई गाउँपालिकाको गौरवको योजना बनाइ काम भइरहेको छ । गाउँपालिकाले अन्य बिकासे योजना भन्दा घट्मुना दहकोट सडकलाई प्रथमिकताका साथ तिब्रगतीमा काम अघि बढाएकोले त्यहाँ स्थानीय लाई सहज हुने गौमुल गाउँपालिकाकी उपाअध्यक्ष सिता थापाले बताइन । गाउँबाट स्वास्थ्य, शिक्षा जस्ता समस्याका कारण निकै असहज छ यदि यो सडक बन्यो भने गाउँमा रहेका धेरै महिला सहज स्वास्थ्यको पहुँचमा रहने बताएकी छन् ।
जिल्लाकै दुर्गममा पर्ने दहकोट भौगलीक कठीनाई भोग्दै स्थानीयले दुख पाएको महसु गर्दै आफु गाउँपालिको अध्यक्षमा उम्मेद्धार बनिरहदा आफुले पहलिो प्राथमिकता कोल्चे भिर हुदै साबिकको दहकोट जाने बाटो पहिलो प्राथमिकतामा राखेको र यो बाटो नै त्यहाँका स्थानीहरुको पहिलो योजना बनेकोले गाउँपालिकाको पहिलो गौरवको योजनमा राखेको गौमुल गाउँपालिकाका अध्यक्ष हरी रोकायाले बताए ।
गौमुल गाउँपालिकाको साबिको दहकोटका स्थानीय निकै जोखीम मोलेर हिड्ने बाटो काल्चेभिर अबदेखी सहज हुने भएको छ काल्चे भिरमा यसअघी धेरै मान्छेले आवतजावत गर्दा ज्यान समेत गुमाई सकेका छन् भने असहज तरिकाले हिडडुल गर्ने बाटो नयाँ बर्षदेखी गाडीमै दहकोट पुग्ने भएका छन् । हाल दुई ओटा ठेकेदारले जिम्ममा लिएर सडकको निर्माण कार्य दुर्त गतिमा भईरहकोले २ महिनामा दहकोट सम्म सडक पुग्ने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार