शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • भ्रम फैलाएको भन्दै ७० अनलाइनको साइट बन्द, नामावली सहित

भ्रम फैलाएको भन्दै ७० अनलाइनको साइट बन्द, नामावली सहित

  • आइतवार, जेष्ठ ११, २०७७
भ्रम फैलाएको भन्दै ७० अनलाइनको साइट बन्द, नामावली सहित

काठमाडौं —  नेपाल प्रेस काउन्सिलले ७० ओटा अनलाइनलाई देशभर प्रसारण हुन नसक्ने गरी कारबाही गरेको छ । लकडाउन अवधिमा समाचारका माध्यमबाट समाजमा भ्रम फैलाउने संचारसंस्थाहरूलाई कारबाही गरेको प्रेस काउन्सिलका सूचना अधिकारी दिपक खनालले बताए ।

उनकाअनुसार चैत १० गतेदेखि जेठ ८ गतेसम्मको अवधिमा यस्ता अफवाह फैलाउने सञ्चार संस्थाहरूलाई कारबाही गरिएको हो । ‘हामीले धैरैवटा सञ्चार माध्यमलाई सचेत गराउने, स्पष्टिकरण सोध्ने र कारबाहीसमेत गरेका छौं,’ उनले भने, ‘मुख्य गरी अहिलेको अवस्था बिना तथ्य समाजमा भ्रम फैलाउने सञ्चारमाध्यमलाई कारबाहीको दायरामा ल्याएका हौं ।’

http://www.presscouncilnepal.org/np/wp-content/uploads/2020/05/website.pdf

प्रेस काउन्सिलको विज्ञप्तिअनुसार लकडाउनको अवधिमा ५९ वटा सञ्चारमाध्यलाई स्पष्टिकरण माग गरिएको छ । यस्तै, २२ वटालाई सचेत गराइएको छ । ४० वटालाई निर्देशन दिइएको छ । १४ वटाको ध्यानाकर्षण गराइएको भने एउटालाई अन्तिम चेतावनी दिइएको छ । यस्तै, ७० ओटा अनलाइनलाई भने नेपालभित्र सम्प्रेशण हुन नसक्ने गरी वेवसाइट बन्द गराइएको छ । बन्द गरिएका अनलाइनहरू सूचना विभागमा पनि दर्ता नभएका र प्रेस काउन्सिलको पनि अनुमति नलिइकन सञ्चालन भएका काउन्सिलका सूचना अधिकारी खनालले बताए ।

‘वेभसाइट ल्बक गरिएका अनलाइनहरू भने सबै बिना दर्ता सञ्चालन भइरहेका थिए,’ उनले भने, ‘तिनीहरूको न सूचना विभागमा दर्ता छ, न प्रेसकाउन्सिलबाट नै अनुमति लिएका छन् । यस्ता अनलाइनहरू जो दर्ता नभइकन नै समाजमा भ्रमपूर्ण समाचार फैलाएका छन, तिनीहरूको नेपालभर प्रशारण बन्द गर्न दुरसञ्चारमा पठाएका हौं ।’

बन्दभएका अनलाइनहरूले कोरोनाका कारणबाट मृत्यु भएको, कोरोना पोजेटिभ देखिएको, कर्मचारीको तलब बढाएको, लकडाउन खुलेकोलगायतका भ्रमपूर्ण समाचारहरू लेखेको प्रेस काउन्सिलले जनाएको छ । यस्तै, यस अवधिमा विभिन्न कोरोना संक्रमण सम्बन्धी समाचार उपर पनि प्रेस काउन्सिलमा उजुरी परेको थिए ।

चर्चामा

सम्बन्धित समाचार