• होमपेज
  • जगन्नाथ
  • कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जगन्नाथ गाउँपालिकाले अहिले सम्म के गर्याे हेर्नुहाेस पुरा बिबरण

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जगन्नाथ गाउँपालिकाले अहिले सम्म के गर्याे हेर्नुहाेस पुरा बिबरण

  • आइतवार, जेष्ठ ११, २०७७
कोरोना भाइरस  रोकथाम तथा नियन्त्रणका लागि जगन्नाथ गाउँपालिकाले अहिले सम्म के गर्याे हेर्नुहाेस पुरा बिबरण

बाजुरा — बाजुरा जिल्लाकाे जगन्नाथ गाउँपालिकाले काेराेना भाइरसबाट बच्न र बचाउन राेकथाम तथा नियन्त्रणका लागि बिभिन्न कार्यक्रम ल्याएकाे छ ।  काेराेना भाइरस राेकथाम तथा नियन्त्रणका लागि  जगन्नाथ गाउँपालिकाबाट रु ४३,१४,१२० को राहत कोष स्थापना गरेकाे छ ।त्यसै गरि जनप्रतिनिधिको सुविधा बाट रु २,३८,०००। गाँउपालिकाका कर्मचारीहरुको तलब बाट रु ३,७६,१६९।) (स्वास्थ्यका कर्मचारी बाहेक)बाट ब्यबस्थापन गरेकाे जगन्नाथ गाउँपालिकाका प्रधान मन्त्री राेजगार संयाेजक लक्ष्मण जाेशीले बताए ।

त्यसै गिर गाउँपालिका भित्र चार वटा स्थान वडा नं ६ को बर्थिङ्ग सेन्टर (१५ वेड) , देवलकोट मा.वि.को प्रा.वि.शाखा, वडा नं ५ (१५ वेड) ,कैलास मा.वि.महति वडा नं ३ (१२ वेड) र वडा नं१,को पिलुचौरमा (३० वेड) गरि जम्मा ७२  बेडको क्वारेन्टाइन स्थापना गरेकाे राेजगार संयाेजक जाेशीले बडिमालिका खवरलाइ बताएका छन् । त्यस्तै  ३ ठाँउमा हेल्थ डेस्क स्थापना (पिलुचौर,जुड्डी र तल्लो काप्री) लकडाउन पश्चात क्वारेन्टाइनमा ४५ जना बसेका जसमा ६ जना महिला र ३९ जना पुरुष ।

हाल २ जना मात्र रहेको । बिदेशमा रहेका व्यक्तिहरुको लगत संकलन, (१३३२ जना देश बाहिर) , (८४७ जना जिल्ला बाहिर) रहेकाे गाउँपालिकाले जनाएकाे छ । पहिलो चरणमा लकडाउनका कारण गाँउपालिका भित्र हातमुख जोर्न समस्यामा परेका ८५ घरधुरीलाई राहत स्वरुप ३० के.जि.चामल,१पोका तेल वितरण र १ के.जि.नुन वितरण समेत गरेकाे गाउँपालिका अध्यक्ष कालिबहादुर शाहीले बताए । दोस्रो चरणमा गाँउपालिकाका भित्रका ६ वटै वडा कार्यालय सम्म ढुवानीमा अनुदान दिएर १८० क्युन्टल चामल ४० क्युन्टल नुन उपलब्ध गराएर वडा अध्यक्ष र सचिवको रोहबरमा कोल्टीको रेटमा बिक्रीवितरण गरिएको थियो । जस बाट ६०० घरधुरीले ३० के.जि.का दरले १/१ कट्टा चामल र २/२ पोका नुन उपलब्ध गराइएको र साे काे लागि  (खर्च रकम रु १,२८,५००। भइसकेकाे गाउँपालिका अध्यक्ष शाहीले बताए । तेस्रो चरणमा अध्ययन रोजगारी र कामको शिलशिलामा जिल्ला बाहिर देश भित्र रहेको व्यक्तिहरुको लगत संकलन पश्चात कोरोना भाइरसका कारण लकडाउनका कारण समस्यामा परेका गाँउपालिका भरि ३४५ घरधुरीका ८१६ जनालाई प्रति व्यक्ति रु २०००। र एकै घरका थप सदस्य भएमा प्रति व्यक्ति रु ५००।का दरले थप गरि निजहरुको खातामा र घरमा रकम वितरण गरिएको र(खर्च रकम रु ९,२५,०००) भएकाे गाउँपालिकाले जनाएकाे छ  ।

चौथो चरणमा गाँउपालिका भित्र लकडाउनका कारण समस्यामा परेका अति विपन्न ९२ घरधुरीलाई ३० के.जि.का दरले १/१ कट्टा चामल राहत स्वरुप वितरणका लागि रु १,४५,०००खर्च रकम भएकाे जनाएकाे छ । जसमा  प्रत्येक वडामा २ जना र सिमानाका पुलमा ४ जना गरि १६ जना स्वयम सेवक परिचालन समेत गरेकाे गाउँपालिकाले जनाएकाे छ । क्वारेन्टाइन र हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मिलाइ ६० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्थाभएकाे राेजगार संयाेजकले बताए । त्यस्तै गरि लकडाउनको समयमा जिल्ला बाहिर अलपत्र परेका नागरिकहरुलाइ खाना खर्च र यातायातको व्ववस्था गरेकाे जनाएकाे छ।

कन्चनपुर जिल्लाको वेदकोट नगरपालिकाको चम्पापुरमा वडा नं २ का ८ जनालाई सुरक्षित रुपमा लकडाउन अवधिभर बस्ने व्यवस्था जाेशीकाे भनाइ रहेकाे छ ।प्रत्येक घरधुरीलाइ साबुन र मास्क वितरण ,कोरोनाको रोकथामका लागि जनप्रतिनिधि,सुरक्षाकर्मी, युवाक्लव र महिलाका स्वास्थ्य स्वयम सेविका परिचालन ,कोरोना बाट बच्ने उपायका बारेमा रेडियो तथा एफ.एम.हरुमा सूचना प्रशारण  गर्ने काम पनी जारी रहेकाे गाउँपालिकाले जनाएकाे छ ।  गाँउपालिकामा विपद व्यवस्थापन समितिका ८ वटा बैठक बसेको र वडा स्तरीय विपद व्यवस्थापन समितिले लगत संकलन गर्ने र नियमित बैठक बस्ने गरेको , कोरोना संक्रमित बिरामीहरुका लागि यातायात खर्चको व्यवस्था गरेकाे र राहत वितरण प्रक्रियामा एकद्धार प्रणाली लागु गरिसकेकाे जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार