शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • जगन्नाथ गाउँपालिकाले जिल्ला बाहिर रहेकालाई राहत वितरण

जगन्नाथ गाउँपालिकाले जिल्ला बाहिर रहेकालाई राहत वितरण

  • बिहिबार, बैशाख १८, २०७७
जगन्नाथ गाउँपालिकाले जिल्ला बाहिर रहेकालाई राहत वितरण

बाजुरा– जगन्नाथ गाँउपालिकाले जिल्ला बाहिर देशका बिभिन्न ठाउँमा समस्यामा परेकालाइ राहत बितरण गर्ने भएकाे छ । गाउँपालिकाको मिति २०७७ बैशाख १२ गते बसेको सर्वदलिय र विपद व्यवस्थापन समितिको बैठकले जगन्नाथ गाँउपालिका भित्र स्थायी घर भई हाल अध्ययन,कामको शिलशिला र रोजिरोटीका लागि जिल्ला बाहिर (देश भित्र) लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुको लगत संकलन गरि राहत बितरण गरिने गाउँपालिकाले बताएकाे छ ।बैठक पश्चात प्रत्येक वडा बाट आएको लगतलाई गाँउपालिकाले तिन वटा मापदण्ड नोकरी,जनप्रतिनिधि,उद्योग र व्यापार व्यवसाय गरिरहेका घरधुरी बाहेकका व्यक्तिलाई राहत दिने निर्णय भए अनुसार वडाबाट अाएकाे तथ्याँकलाई विपद व्यवस्थापन समितिको बैठकले पुन परिमार्जन गरि प्रति व्यक्ति रु २ हजारका दरले राहत बितरण गरिने बताएकाे छ ।

एकै घरका सदस्य भएमा प्रति सदस्य थप रु ५  सयका दरले थपेर दिने निर्णय  भएकाे गाउँपालिकाले बताएकाे छ ।  गाँउपालिका भित्रका नागरिकलाई स्थानिय सरकार भएको महसुस भन्ने हिसावले एक महिनाको ग्यास र एक कठ्ठा चामल बराबरको रकम जिल्ला बाहिर रहेका व्यक्तिका अभिभावकको नागरिकता र परिचय पत्र राखेर भर्पाइ गरि बुझाउने र अभिभावक सहित बाहिर रहेका व्यक्तिका हकमा उनिहरुलाइ जुन ठाँउमा रहेका छन,सोही ठाँउमा बैंकिङ्ग प्रणालि मार्फत उपलब्ध गराउने निर्णय गरिएकाे जगन्नथ गाउँपालिका अध्यक्ष कालि बहादुर शाहीले बताएका छन्  ।

जिल्ला बाहिर ज्याला मजदुरी गरेर खाने १० जना सम्म परिवार भएका घरधुरीले ६,हजार ५ सयका दरले दिने गाउँपालिकाकाे निर्णय भएकाे गाउँपालिका अध्यक्ष शाहीले बताएका छन् ।  राहत पाँउनेमा रोजिरोटीका लागि कैलाली, काठमाण्डौ, संखुवासभा र झापा सम्म पुगेका नागरिकलाई राहत वितरण गरिने अध्यक्ष शाहीले बताए । वितरण गरिएको रकम दुरुपयोग नहोस भन्ने मनसायले अभिभावकलाइ बुझाइनेछ ।

लकडाउनका कारण गाँउपालिका भित्र समस्यामा परेका अति विपन्न ९२ घरधुरीलाइ ३० किलाे चामल वडा कार्यालयले १/२ दिनमा वितरण गर्नेछ । वडा नं १ मा १६,वडा नं २ मा १५, वडा नं ३ मा १६,वडा नं ४ मा १४,वडा नं ५,मा १६ र वडा नं ६,मा १५ घरधुरीलाई छनौट गरिएको गाउँपालिकाले बताएकाे छ । जो जुन ठाँउमा बसिरहेका छन,सोही ठाँउमा सुरक्षित तरिकाले बसुन र बाटोमा अलपत्र परेका नागरिकको उद्धार गाँउपालिकाले गर्ने निर्णय गरेको छ ।

राहत वितरण गरिएका घरधुरी, परिवार संख्या र रकम

क्र.स. वडा नं घरधुरी परिवार संख्या रकम रु
वडा नं १ ७७ १४० ,८५,५००।
वडा नं २ ३५ ६४ ८४,०००।
वडा नं ३ ३० ५५ ७२,५००।
वडा नं ४ ६० १२६ १,५३,०००।
वडा नं ५ ५३ १६५ १,६२,०००।
वडा नं ६ ९२ २७० २,७३,०००।
जम्मा ३४७ ८२० ,३०,०००।

चर्चामा

सम्बन्धित समाचार