बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाउपालिकाले ८० बिपन्न परिवारलाई दियो खाद्यन्न

जगन्नाथ गाउपालिकाले ८० बिपन्न परिवारलाई दियो खाद्यन्न

  • शनिबार, चैत्र २९, २०७६
जगन्नाथ गाउपालिकाले  ८० बिपन्न परिवारलाई दियो खाद्यन्न
जगन्नाथ गाउपालिकाका ८० बिपन्न परवारलाई सामाजिक दुरी कायम गराएर राहात बितरण गरिदै

पदमबहादुर सिंह / बाजुरा २९चैत्र- बाजुरा जिल्लाको जगन्नाथ गाउपालिकाले बिपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ । गाउपालिकाका प्रत्येक वडाहरुबाट बिपन्न परिवारको तथ्याङ्क संकलन गरेर खाद्यन्न बितरण गरिएको गाउपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिए ।
चैत्र २३ गते गाउकार्यपालिकाको आकस्मिक बैठक बसि दैनीक ज्यालादारी काम गरि जिबीको पार्जन गर्ने र वडाका बिपन्न परिवारको तथ्याङ्क संकलन गरेर प्रत्येक परिवारलाई २ हजारका दरले खाद्यन्न सहयोग गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुरुप वडा नम्वर १ का १४ परिवार, वडा नम्वर २ का १३ परिवार, वडा नम्बर ३ का १० परिवार, वडा नम्बर ४ का १४ परिवार, वडा नम्बर ५ का १३ परिवार र वडा नम्वर ६ का १६ परिवार गरि जम्मा ८० बिपन्न परिवारलाई चामल दाल नूत तेल सहयोग गरेको जोशीले बताए ।
लामो लकडाउनका कारण दैनीक चुलो बाल्न गाह्रो भएका परिवार सम्बन्धित वडा का वडा अध्यक्ष अन्य जनप्रतिनिधि कर्मचारी लगाएले बिपन्न परिवारको तथ्याङ्क संकलन गरिएको उनले बताए ।
गाउपालिकाले ५० जना भारतबाट आएको तथ्याङ्क संकलन गरेको छ । भारतबाट आएकाहरु होम क्वारेन्टाईनमा रहेका र तिनिहरुको सम्बन्धित वडाका जनप्रतिनिधि स्वास्थ्यकर्मीहरुले निगरानी गरिरहेको बताए । गाउगाउमा कोरोनाको चेकजाचमा खटिएका स्वास्थ्यकर्मीहरुको लागि गाउपालिकाले ६० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको गाउपालिकाका अध्यक्ष कालिबहादुर शाहीले जानकारी दिए । कोरोनाको तरास तथा चेकजाच उपकरण बिना जोखीम मोलेर उपचारमा तल्लीन स्वास्थ्यकर्मीको होसोला स्वारुप प्रोत्साहन भक्ताको ब्यवस्था गरेको शाहीले बताए ।


गाउपालिकाको प्रत्येक वडामा २ जना र गाउपालिकाको सिमानामा र पुलमा चार जना गरि १६ जना स्वयम सेवक राखिएको र गाउपालिकामा बाहिरको मान्छे नआउन पाउन्छन न बाहीर नजान दिएको उनले बताए ।
बिश्वमा औषधि पत्ता नलाएको अबस्थामा कोरोनाको नियुनीकरण गर्ने मुख्य उपाए लक डाउन भएकोले यस्तो कठोर निर्णय गरेको शाहीले बताए ।
गाउपालिकाकामा ३४ बेडको क्वारेन्टाईन बनाएको छ । कोरोना रोकथाम तथा न्यूनिकरणको लागि २० लाखको राहात कोष स्थापना गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार