शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • जगन्नाथ गाँउपालिकामा ढुवानी अनुदानमा गाँउमै खाद्यन्न

जगन्नाथ गाँउपालिकामा ढुवानी अनुदानमा गाँउमै खाद्यन्न

  • बिहिबार, बैशाख ११, २०७७
जगन्नाथ गाँउपालिकामा ढुवानी अनुदानमा गाँउमै खाद्यन्न

जगन्नाथ गाँउपालिकाले ढुवानी अनुदानमा गाँउमै खाद्यन्न पुयाएको छ । गाँउपालिकाले लकडाउनमा कोल्टि बाट खाद्यन्न ढुवानी गर्न नसक्ने अबस्था भएपछि गाँउपालिकाले घर सम्म खाद्यन्न पुयाएर बिक्रि गरेको गाँउपालिका रोजगार संयोजक लक्ष्मण जोशीले बडिमालिका खबरलाई बताएका छन् ।
जगन्नाथ गाँउपालिकाको विपद व्यवस्थापन समितिको बैठकले लकडाउनका कारण समस्यामा परेका घरधुरीलाई बर्गिकरण गरि ३ तहमा राहत वितरण गर्ने निर्णय गरेको थियो । पहिलो चरणमा ८० घरधुरीलाई ३० के.जि. चामल, १ के.जि. नुन र १ पोका तेल वितरण गरिएको थियो । दोस्रो चरणमा गाँउपालिका भित्रका ६ सय विपन्न घरधुरीलाई कोल्टि बाट प्रत्येक वडा कार्यालय सम्म ढुवानि अनुदानमा चामल र नुन उपलब्ध गराउने निर्णय गरेको थियो ।
लकडाउनका कारण कोल्टी जान नपाएका बिपन्न घरधुरीलाई प्रत्येक वडामा प्रति घरधुरी ३० के.जि.को १ कठ्ठा चामल कोल्टीको रेटमा १ हजार २ सय ४५ का दरले बिक्रि गरेको छ । वडा नं १ बाट बिक्रि गर्न शुरू गरिएको सबै वडामा शुरु गर्ने गाँउपालिका अध्यक्ष कालि बहादुर शाहिले वताएका छन् । त्यसै गरि नुन प्रति वडा ७ क्युन्टलका दरले उपलब्ध गराइएको छ । वडा बाट थप माग भएमा चामल र नुन ढुवानिमा सहुलियत दिने कार्यपालिकाले निर्णय गरेको छ । गाँउमा खाद्य संकट नहोस भनेर गाँउपालिकाले राहत बिभिन्न प्याकेज ल्याइरहेको अध्यक्ष शाहिले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार