शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • जगन्नाथ गाँउपालिकाले ढुवानी सहुलियतमा घर सम्म खाद्यन्न पुर्याउने

जगन्नाथ गाँउपालिकाले ढुवानी सहुलियतमा घर सम्म खाद्यन्न पुर्याउने

  • शनिबार, बैशाख ६, २०७७
जगन्नाथ गाँउपालिकाले ढुवानी सहुलियतमा घर सम्म खाद्यन्न पुर्याउने
फाइल फाेटाे

जगन्नाथ गाउँपालिकाले ढुवानी सहुलियतमा घर सम्म खाद्यन्न घरमै पुर्याईदिने भएको छ । लक डाउनका कारण ढुवानी समस्याका कारण सहज खाद्यन्न आपूर्तिका लागि सबै वडामा ढुवानी सहुलियत दिने निर्णय गरेको गाउँपालिका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् । खाद्यन्न व्यवस्था तथा व्यापार कम्पनी कोल्टी शाखाबाट वडासम्म गाउँपालिकाले नै ढुवानी भाडा तिरिदिने भएको छ । ८० जना अति विपन्नलाई खाद्यन्न सहयोग गरेको गाउँपालिकाले आफ्नो आम्दानीले किनी खान सक्ने परिवारका लागि खाद्यन्न ढुवानी सहुलियत गरिदिने निर्णय गरेको हो ।

संकटमा सरकारलाई सहयोग गर्नु नागरिकको पनि दायित्व हुने भएकोले सबैलाई राहत दिन नसकिने र आफ्नो आम्दानी भएकाहरुलाई राहत स्वरुप ढुवानी सुविधा उपलब्ध गराएर माहामारीमा सहकार्य गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् । गाउँपालिकाले प्रत्येक वडामा ३० क्वीन्टल चामल, ३० क्वीन्टल नुन ढुवानी गरि मौजाद गर्ने निर्णय गरेको छ । जनतालाई सहजताका लागि कोल्टीकै मूल्यमा वडाले किन्ने र जनतालाई ढुवानी सहुलियत गर्ने बताएको छ । गाउँपालिकाले विपद व्यवस्थापन कोषमा ४३ लाख ३५ हजार विनियोजन गरेको छ ।

गाउँपालिकाको रकमान्तर बजेटबाट ३० लाख, गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सहीत जनप्रतिनिधीबाट २ लाख ३८ हजार, शिक्षक कर्मचारीबाट ३ लखा ७६ हजार १ सय ६९ र प्रदेश सरकारबाट राहत वितरणका लागि ७ लाख २० हजार अनुदान सहीत ४३ लाख ३५ हजारको विपद कोष निर्माण गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार