शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • निजामति कर्मचारीहरुले राजनीतिक हस्तक्षेपका विरुद्ध एकजुट भएर लाग्ने प्रतिवद्धता

निजामति कर्मचारीहरुले राजनीतिक हस्तक्षेपका विरुद्ध एकजुट भएर लाग्ने प्रतिवद्धता

  • बुधबार, जेष्ठ ७, २०७७
निजामति कर्मचारीहरुले राजनीतिक हस्तक्षेपका विरुद्ध एकजुट भएर लाग्ने प्रतिवद्धता

बाजुरा — निजामति कर्मचारीहरुले राजनीतिक हस्तक्षेपका विरुद्ध एकजुट भएर लाग्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । निजामति कर्मचारीहरुको आधिकारीक टेड युनियन बाजुरा, नेपाल निजामति कर्मचारी संगठन बाजुरा र नेपाल निजामति कर्मचारी युनियन संघ बाजुरामा आवद्ध सम्पूर्ण निजामति कर्मचारीहरुले राजनीतिक हस्तक्षेपका विरुद्ध एकजुट भएर लाग्ने प्रतिवद्धता सहित लिखित दस्ताबेज प्रमुख जिल्ला अधिकारी समक्ष बुझाएकाे  अाधिकारीक टेड युनिएन बाजुराले जनाएका छ  ।

केही दिनदेखीकाे नेपाली काग्रेस र नेकपा समर्थक बिद्यार्थी संगठनले गरेकाे अाराेप ठिक नभएकाे र कर्मचारीहरूलाइ काम गर्न निदने वातावारण प्रति गम्भिर असहमती भएकाे कर्मचारी संघ र संगठनहरूकाे धारणा रहेकाे अाधिकारीक टेड युनिनयन बाजुराका अध्यक्ष धन बहादुर थापाले जनाएका छन्

बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको राष्ट्रसेवक निजामति कर्मचारीहरुको सयुक्त बैठकले बाजुरा जिल्लामा विभिन्न राजनीतिक दलका भातृ संघ, संगठनले निजामति कर्मचारीहरु माथि विभिन्न आरोप पत्यारोप लगाई प्रमुख जिल्ला अधिकारीलाई बुझाएका ज्ञापन पत्रको विषयमा गम्भिर छलफल सहित पाँच बुदे निर्णय गरेर प्रमुख जिल्ला अधिकारी गँगाप्रसाद न्याैपानेलाइ बुझाएका छन् ।

कर्मचारीहरुकाे पाँच बुदे निर्णयहरु बुझ्दै प्रमुख जिल्ला अधिकारी न्याैपाने कर्मचारीहरु भित्र देखिएको विवाद कर्मचारीहरुले नै समाधान गर्ने भएकाले यसमा राजनीतिक दलहरुले समन्वयकारी भुमिका खेल्नु पर्ने आवश्यक रहेको बताएका थिए । नेकपा र नेपाली काग्रेस सम्बन्द संघ संगठन र अाधिकारी टेड युनियनका ५ जना पदाधिकारीहरूकाे हस्ताक्षेरीत बिज्ञप्तीमा साे कुरा उल्लेख गरिएकाे छ ।

नेपाल यतिबेला संक्रमणकाे समय रहेकाेले कर्मचारीहरूका बिरूद्धमा लाग्नु भनेकाे पाटीका बिद्यार्थीसंगठनकाे गैर जिम्मेवार रहेकाेले यसपटि हनसक्ने जाेखीममा सबैले सचेत हुन समेत बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

                                                                             प्रेस बिज्ञप्ती
निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन बाजुरा, नेपाल निजामती कर्मचारी संगठन बाजुरा र नेपाल निजामती कर्मचारी युनियन संघ बाजुराका पदाधिकारीहरुको उपस्थितिमा अनेरास्ववियू बाजुरा , राष्ट्रिय युवा संघ नेपाल वाजुरा र नेपाल विद्यार्थी संघ वाजुराको तर्फवाट राष्ट्रसेवक कर्मचारीहरु माथि विभिन्न आरोपहरु लगाई प्रमुख जिल्ला अधिकारीलाई वुझाएको ज्ञापन पत्रका विषयमा वैठक वसी छलफल गर्दा तपशिल अनुसारको निर्णय गरियो ।

तपशिलः
१. सिङ्गो देश कोरोना भाईरस विरुद्ध लडीरहेको वतर्मान अवस्थामा सवैले एकतावद्ध भएर आ आफ्नो जिम्मेवारी पुरा गर्न लाग्नुपर्नेमा राजनीतिक दलका भातृ संगठनहरु मार्फत कर्मचारीको मनोवल गिराउने गरी भएका पछिल्ला घट्नाक्रमहरु प्रति हामी सवैको गहिरो ध्यानाकर्षण भएको छ । त्यसैले वाजुरा जिल्लाको सेवामा समर्पित राष्ट्रसेवक कर्मचारीहरुलाई ‍अनावश्यक विवादमा ल्याई सिङ्गो कर्मचारीतन्त्रमा विभाजन ल्याउने राजनीतिक आस्थासँग जोडेर झुटा आरोप लगाई राष्ट्रसेवक कर्मचारी माथि गरिने ज्याजतिका विरुद्ध सवै कर्मचारी एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

२. मिति २०७७/०२/०४ गते अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाल बाजुरा र मिति २०७७।०२।५ गते नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति बाजुराद्धारा विभिन्न आरोप लगाई प्रमुख जिल्ला अधिकारीलाई वुझाएको ज्ञापन पत्रका सन्दर्भमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष तथा को.ले.नि.का लेखापाल श्री धनवहादुर थापा र नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष तथा कृषि ज्ञान केन्द्र वाजुराका अधिकृत श्री मीनप्रसाद जैशी माथि लगाईएको आरोप निराधार भएको हामीले महशुस गरेका छौं भने अन्य कर्मचारीहरु पनि दोषि हुनुहुन्न भन्ने विश्वास लिएका छौं तथापि दुवै ज्ञापन पत्र मार्फत आरोप लागाईएका सवै कर्मचारीका सन्दर्भमा सत्यतथ्य छानविन गरी दोषिउपर कानुनि कार्वाहि गर्ने र झुट्टा आरोपको विषयमा सवै कर्मचारीहरु एकजुट भएर प्रतिवाद् गर्ने र आउदा दिनहरुमा यस्ता क्रियाकलापहरु नदोहोर्याउन आग्रह गर्दै कर्मचारीमाथि गरिने यस्ता क्रियाकलापहरु कुनै पनि हिसावले सह्य नहुने कुरामा सम्वन्धित पक्षको ध्यानाकर्षण गराउन चाहान्छौं ।

३. वाजुरा जिल्लामा राजनीतिक दल र तिनका भातृसंगठनहरुवाट जिल्लामा कार्यरत कर्मचारीहरुलाई पटक पटक विवादमा ल्याउने, धम्क्याउने, काममा वाधाव्यवधान उत्पन्न गर्ने, आफ्ना व्यक्तिगत स्वार्थहरु पुरा गराउन दवाव दिने र कर्मचारीहरु विच विवाद सृजना गरी मौकाको फाईदा उठाउने प्रवृत्तिले गर्दा सिङ्गो वाजुरा जिल्लामा कार्यरत कर्मचारीहरु आक्रान्त वनेका छन् जसले गर्दा ईमान्दार कर्मचारीहरुमा ठुलो मर्का पर्न गएकोले सत्यतथ्य प्रमाणका आधारमा मात्रै सम्यमित र सुझवुझपुर्ण तरीकाले आफ्ना क्रियाकलापहरु अगाडी वढाउने कुरामा जिम्मेवार हुन आवश्यक छ र सम्पुर्ण कर्मचारीहरुले पनि राजनीतिकरुपमा विवादमा आउने क्रियाकलाप, आफ्नो पदिय आचरण भन्दा वाहिरका क्रियाकलाप र कर्मचारी विचको एकतामा असर पुग्ने कुरा नगर्न नगराउन सवैलाई सचेत गराउन चाहान्छौं । कर्मचारी माथि हुने हरेक किसिमका अन्यायपुर्ण क्रियाकलापहरुमा समपुर्ण कर्मचारी एकजुट भई आधिकारीक ट्रेड युनियन मार्फत शशक्त ढङ्गले प्रतिकार गर्ने कुरा सम्वन्धित सवैलाई जानकारी गराउँदै कर्मचारीहरु कुनै राजनीतिक दलका कार्यकर्ता नभई राष्ट्रसेवक हुन भन्ने कुराको हेक्का राख्न पनि अनुरोध गर्दछौं ।

चर्चामा

सम्बन्धित समाचार