शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्याल र कम्पुटर अपरेटर थापाकाे स्पष्टिकरण यस्ताे

बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्याल र कम्पुटर अपरेटर थापाकाे स्पष्टिकरण यस्ताे

  • मङ्लबार, जेष्ठ ६, २०७७
बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्याल र कम्पुटर अपरेटर थापाकाे स्पष्टिकरण यस्ताे

बडिमालिका नगरपालिका बाजुराका प्रमुख प्रशासकिय अधिकृत यज्ञराज अर्याल र कक्पुटर अपरेटर बाँचमल थापाले २०७७ साल जेठ ४ गतेका दिन अनेरास्ववियू र युवा संघ बाजुराले बाजुरा जिल्ला प्रशासन कार्यालयमा बझाएकाे उजुरीकाे स्पष्टिकरण दिएका छन् । प्रमुख जिल्ला अधिकारीज्यू समक्ष यस कार्यालयका प्रमुख प्रशासकीय अधिकृत र साेही नगरपालिकाेनाम जोडेर दिएको उजुरीको बिभिन्न  संचार  यममा  प्रकाशन / प्रशारण भएको घटनाले नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको स्पश्टिकरणमा उल्लेख गरिएकाे छ ।

यस्ताे छ हेर्नुहाेस पुरा स्पष्टिकरण 

सर्वप्रथमप्रमुख प्रशासकीय अधिकृत र नगरपालिकामाथी लगाइएका आरोपहरु कपोकल्पित र भ्रमपूर्ण रहेको व्यहोरा स्पष्ट पार्न चाहान्छु, साथै प्रत्येक आरोपहरुको वारेमा यथार्थ व्यहोरा बुँदागत रुपमा राख्न चाहान्छु।

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा स्वीकृत दरबन्दी तेरिज अनुसार यस कार्यालयमा सहायक चौथो अमिन पद संख्या १ (एक) मात्र रहेकोमा लोकसेवा आयोग दिपायल कार्यालयबाट सिफारिस भई आएका कर्मचारीलाई स्थायी नियुक्ति दिँदा करार सेवामा कार्यरत अमिन तेजबहादुर बडुवालको करार सम्झौता खारेज गरिएको हो । नीजलाई पुन नियुक्ति दिने आश्वासन दिएको कुरामा कुनै सत्यता छैन र समान पदमा सोही तहका २ जना कर्मचारी रहने सम्भवना समेत छैन । स्मरण गराउन चाहान्छौं, यस कार्यालयमा करार सेवामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको म्याद गप गर्दा उक्त पदमा संघ, प्रदेश वालोकसेवा आयोगबाट स्थायी पदपूर्ति वासिफारिस भै आएमा वा कार्यसम्पादन सन्तोषजनक नभएमा निजहरुको करार सम्झौता खारेज हुने व्यहोराको निर्णय मिति २०७६ माघ ४ गतेको ४१ औं कार्यपालिका बैठकबाट भएकोमा सोही निर्णयको कार्यान्वयन प्रमुख प्रशासकीय अधिकृतबाट भएको हो ।
  • यस कार्यालयमा लोकसेवा आयोगबाट सिफारिस भई आएका सहायक कम्प्युटर अपरेटर बाँचमल थापालाई जवरजस्ती काँग्रेसको सदस्यता दिन लगाएको आरोप सरासर झुठ हो।यस विषयमा निज कर्मचारीले आफ्नो कुरा स्पष्ट पारिसकेका छन्।
  • स्थानीय तहहरुले तयार गरेका क्वारेन्टाइनको व्यवस्था एवं राहत वितरणको अनुगमन गर्ने विषयमा श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यूसंग छलफल एवं समन्वय गरी जिल्ला समन्वय प्रमुखज्यूको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु / प्रतिनिधीहरु सहित कोल्टी क्षेत्रका ४ वटै पालिकामा गएको हो।बुढीनन्दा नगरपालिका र हिमाली गाउँपालिकाको अनुगमन एवं आगामी दिनमा गर्नुपर्ने कार्यहरुका विषयमा छलफल गरियो र बाँकी पालिकामा अनुगमन हुन नसकेको व्यहोरा जानकारी गराउन चाहान्छु।
  • यस नगरपालिकामा राहत वितरणको सम्बन्धमा नगर कार्यपालिकाको बैठकबाट मापदण्ड तय गरी प्रत्येक वडामा वडा अध्यक्षज्यूको अध्यक्षतामा राहत वितरण तथा अभिलेखीकरण समिति गठन गरी सोही समितिको निर्णय बमोजिम वडा अध्यक्षज्यूहरुकै नेतृत्वमा राहत वितरण गरिएको हो।राहत वितरण गर्दा आवश्यक चामल खाद्य संस्थानबाट र नून साल्ट ट्रेडिङ्ग कं.लि.बाट खरिद गरिएको, बाँकी दाल, तेल, साबुन लगायतका सामानहरु वडा अध्यक्षज्यूहरुले नै खरिद गरी पेश गरिएको विल भरपाई अनुसार भुक्तानी गरिएको व्यहोरा स्पष्ट पार्न चाहान्छु।

अत: जिम्मेवार राजनैतिक दलका भातृ संघसंस्थाहरुबाट यस्तो कठिन घडीमा अहोरात्र खटिएका राष्टसेवक कर्मचारीहरुलाई हतोत्साहित गर्ने नियतले लगाइएका यस्ता लाल्छनाले कर्मचारीहरुको मनोवल कमजोर पार्ने काम मात्र हुन्छ र यसले समग्र सेवा प्रवाहमा नकरात्मक असर पर्न जान्छ ।नगर तथा जिल्लास्थित राजनैतिक दल र तिनका भातृशुभेच्छुक संघसंस्थाहरुलाई जिम्मेवार भएर सोच्न र सिर्जनात्मक सहयोग गर्न अपिल गर्दछौं ।विश्‍वशभर फैलिरहेको कोरोना भाइरसबाट सिंगो राष्ट्र एकतावद्द भएर लागिरहेका बेला जनतालाई सेवा प्रवाह गर्ने कार्यमा समन्वय र सहकार्य गरी बढ्ने प्रतिवद्दता समेत जनाउन चाहान्छु।

साथै, मातहतमा कार्यरत कर्मचारीहरुलाई कहिल्यै पनि आस्थाका आधार फरक व्यवहार नगरेको र नगरिने प्रतिवद्दता जाहेर गर्दै सम्पूर्ण कर्मचारीहरुलाई उच्च मनोवलका साथ लगनशील, कर्तव्यनिष्ठ, सिर्जनशील भै कार्यसम्पादन गर्न अनुरोध गर्दछु ।नगर प्रमुखज्यू, उप-प्रमुखज्यू, वडा अध्यक्षज्यूहरु कार्यपालिका सदस्यज्यूहरु लगायत सम्पूर्ण जनप्रतिनिधीहरुबाट सदा झै साथ, सहयोग र सहकार्यको अपेक्षा गर्दछु ।

यज्ञराज अर्याल

प्रमुख प्रशासकीय अधिकृत

त्यस्तै सहायक कम्प्यूटर अपरेटर  बाँचमल थापाकाे स्पष्टकरण यस्ताे रहेकाे छ ।

विषय- स्पष्ट पारिएको बारे ।

             मिति २०७७ जेठ ४ गते अनेरास्ववियू र यूवा संघ बाजुराले तहाँ कार्यालय पेश गरेको विज्ञप्तीमा मलाई कुनै जानकारी र सरोकार नभएको विषयमा मेरो नाम समेत समावेश गरिरएको विषय रेडियो तथा अनलाइन समाचारमा प्रकाशन / प्रशारण भएको प्रति मेरो ध्यानकार्षण भएको छ ।

म लोकसेवा आयोगको सिफारिसमा मिति २०७६ फागुन २८ गते बडीमालिका नगरपालिकामा सहायक स्तर चौथो तहमा सहायक कम्प्यूटर अपरेटरमा नियुक्त भएको हुँ ।मेरो नियुक्ति हुँदाका बखत बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री यज्ञराज अर्यालय सर कार्यालयको कामकाजको सिलसिलामा जिल्ला बाहिर रहनु भएको र उहाँलाई मैले २०७६ चैत्र १ गते मात्रै पहिलो पटक देखेको हुँ ।मलाई प्रमुख प्रशासकीय अधिकृतज्यूले जवरजस्ती नेपाली काँग्रेस पार्टी कृयाशिल लिन बाध्य गराई पार्टी प्रवेश गराएको भनि उहाँलाई लगाएको आरोप सरासर कपोकल्पीत र झुठ हो । मेरो सोजोपनको फाइदा उठाउदै मलाई वलीको वोको बनाउने दुस्कार्य मात्र हो।

नगरपालिकामा नियुक्ति भएका दिन नगर प्रमुखज्यूको आथित्यतामा २०७६ फागुन २८ गते साँझ नेपाल निजामती कर्मचारी युनियन संघ बाजुराको कार्यक्रममा समावेश भएको हुँ साँचो हो । नव नियुक्त कर्मचारीलाई स्वागत गर्छौं भन्दा उक्त कार्यक्रममा समावेश हुनु भनेको पार्टी प्रवेश गर्नु हो भन्ने मलाई लाग्दैन ।

बाजुराको माटोमा जन्मेर बाजुरा कै सरकारी निकायमा सेवा गर्नेगरी सिफारिस हुँदा जो जोसुकैले निमन्त्रणा गरेपनि समावेश हुन सकिन्छ र हुन्छु पनि। नगरपालिकामा कर्मचारीका हैसियतले काम गरेको ३ महिना हुँदा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतज्यूलगायत सिनियर कर्मचारीहरुबाट कहिल्यै पनि त्यस्तो व्यवहार नभएको र सदैव अभिभावकत्व प्राप्त भएको छ ।

मलाई कुनै दिन कसैले पनि कुनै पनि  पार्टीको सदस्यता लिनुपर्छ भनेको छैन र मैले लिएको पनि छैन र म कुनै पनि पार्टीको पक्षमा नभई केवल स्वतन्त्र राष्टसेवक कर्मचारीको हिसावले यस नगरपालिकामा कार्यरत छु । सुख दुख गरी कुशल राष्ट्रसेवकका रुपमा कार्य गर्ने गरी सरकारी सेवामा प्रवेश गरेको हुँ । सदासर्वदा एक इमान्दार स्वतन्त्र र नेपाल सरकारको नीति र विधी अनुसार सेवाप्रावह गर्ने बाचा गर्दै मेरो नाम मुछेर प्रमुख प्रशासकीय अधिकृतज्यू माथी लगाएको आरोप निराधार भएको स्पष्ट पार्दै सबै शुभचिन्तक महानुभावहरुमा भ्रममा नपर्न अनुरोध गर्दछु ।

 सादर अवगतार्थ

श्री प्रमुख प्रशासकीय अधिकृतज्यूबडीमालिका नगरपालिका, बाजुरा।

 बाँचमल थापा

सहायक कम्प्यूटर अपरेटर

बडीमालिका नगरपालिका बाजुरा

चर्चामा

सम्बन्धित समाचार