बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणी नगरपालिकाले जिल्ला भन्दा बाहिरका विद्यार्थिहरुलाई अझै राहात वितरण गरेन 

त्रिवेणी नगरपालिकाले जिल्ला भन्दा बाहिरका विद्यार्थिहरुलाई अझै राहात वितरण गरेन 

  • सोमवार, जेष्ठ ५, २०७७
त्रिवेणी नगरपालिकाले जिल्ला भन्दा बाहिरका विद्यार्थिहरुलाई अझै राहात वितरण गरेन 

चक्र बहादुर अयडी– त्रिवेणी नगरपालिकाले दोस्रो चरणको राहात वितरणमा ढिलाई गरेको छ । जिल्ला भन्दा बाहिर पढाईको सिलसिलामा गएका विद्यार्थिहरुलाई एक महिना वित्नलाग्दा पनि राहात वितरण नगरेको पाइयको छ । त्रिवेणी नगरपालिका भित्रका विद्यार्थिहरुकालागि प्रति व्यक्ति २ हजारका दरले राहात दिने भन्ने निणर्य कार्यपालिकाको बैठकबाट पास गरेको थियो ।

विश्वमा महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ दिनप्रतिदिन बढिरहेका बेला नेपालमा पनि त्यस्को प्रत्यक्ष असर परीरहेको छ । १ महिना पुग्न लाग्दापनि अहिले सम्म त्यस विषमा कुनैपनि चाँसो नदेखाएको विद्यार्थि हरुले गुनासो गरेका छन । सुरुमा नगरपालिकाले राहात दिने घोषण गर्यो सानो भएपानि आसापलाएको थियो अहिले घोषणा गरेको पनि १ महिनापुग्न लाग्यो त्यस विषयमा कुनै जानकारि पाएका छैनउ लकडाउन झन थपिन लाग्यो अव हामिलाई त्यो आसा पनि निरासामा परिणत हुनलाग्यो भनेर काठमाण्डौमा बस्ने एक विद्यार्थिले बताएका छन ।

बैशाख १९ गते बसेको कार्यपालिको बैठकमा पढाईको सिलसिलामा त्रिवेणी नगरपालिका भित्रका बाहिर बस्ने विद्यार्थिहरको परिचय खुल्ने कागजातहरु जम्मा गर्न वडाकार्यलयलाई जिम्मा दिएको थियो । वडा कार्यलयले विद्यार्थिहरुको लगत संकलन मा ढिलाईगरेका कारणले राहात वितरणमा ढिलाई भएको नगरपालिकाले जनाएको छ ।

यता नगरपालिकाले अवकेहि दिनमा सवै वडाकार्यलयबाट तथ्यासंक आईसकिने भएकाले सबै विद्यार्थिहरुलाई एकैसाथ राहात पठाउने त्रिवेणी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर साउँदले जानकारि दिनु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार