शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • धनगढी प्रयोगशालामा कोरोना परीक्षण गरिएका १०५ जनाको रिर्पोट पनि नेगेटिभ

धनगढी प्रयोगशालामा कोरोना परीक्षण गरिएका १०५ जनाको रिर्पोट पनि नेगेटिभ

  • सोमवार, जेष्ठ ५, २०७७
धनगढी प्रयोगशालामा कोरोना परीक्षण गरिएका १०५ जनाको रिर्पोट पनि नेगेटिभ

धनगढी : धनगढी प्रयोगशालामा कोरोना परीक्षण गरिएका एक सय ५ जनाको रिर्पोट पनि नेगेटिभ आएको छ। पशु अन्वेषण कार्यालय धनगढीमा स्थापना गरिएको आरटी पीसीआर मेसिनबाट आईतबार थ्रोट स्वाबको नमूना परीक्षण गरिएका एक सय ५ जनाको रिर्पोट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले आईतबार परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको जानकारी दिए। श्रेष्ठका अनुसार आईतबार सबैभन्दा बढि बझाङका ८१ जना, कञ्चनपुरका १४ जना, कैलालीका ६ जना, सुर्खेतका २ जना, सल्यान र बाँकेका एक÷एकजनाको कोरोना परीक्षण गरिएको थियो। #दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार