मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • त्रिवेणी
  • केन्द्र र प्रदेश सरकारले राम्रो सहयोग गरेको छ : नगरप्रमुख रावल (भिडियो सहित)

केन्द्र र प्रदेश सरकारले राम्रो सहयोग गरेको छ : नगरप्रमुख रावल (भिडियो सहित)

  • शनिबार, जेष्ठ ३, २०७७
केन्द्र र प्रदेश सरकारले राम्रो सहयोग गरेको छ : नगरप्रमुख रावल (भिडियो सहित)

लक्ष्मीराज पाध्याय– त्रिबेणी नगरपालिकाका नगरप्रमुख रामसिहं रावलले केन्द्र र प्रदेश सरकारबाट राम्रो सहयोग पाएको बताएका छन् । बडिमालिका खवरको नियमित कार्यक्रम कोरोनाको कहरमा स्थानीय तहको भुमिका र बडिमालिका खवरको अभियान कार्यक्रममा नगरप्रमुख रावलले यस्तो बताएका हुन ।
कोबिट १९ लाई मध्यनजर गर्दै त्रिबेणी नगरपालिकाले के काम गरिरहेको छ भन्ने बिषयको बहसमा नगरप्रमुख रावलले केन्द्र र प्रदेश सरकार संग आफ्नो सरकार पाटिगतरुपमा नमिले पनी दुबै सरकारबाट राम्रो सहयोग पाएको बताए । सघिंय सासंद लाल बहादुर थापा र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहसंग नियमित सम्र्पक हुने गरेको उनले बताए ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरीएको लकडाउनका कारण समस्यामा परेका ज्यालादारी र मज्दुरहरुका लागि राहतकोष समेत स्थापना भएको र राहत बितरण ठाउँ ठाउँमा भइरहेको उनले बताए । नगरपालिकाले लकडाउनको समयमा दैनीक ज्यालादारी बिपन्न गरिव परिवारलाई राहत बितरण गर्ने थालेको बताएका छन् । तिनीहरुलाई खाद्यन्नका जिल्ला बाहिर रहेका त्रिबेणी नगरपालिकाका नागरिकहरुलाई पनी राहत बितरण गरिरहको नगरप्रमुख रावलले बताएका छन् ।
नगर प्रमुख रावलले भने बिभिन्न राजनिती भए पनी नगरपालिकालाई कसरी अगाडी लैजाने भन्ने बिषयमा आफु निकै सचेत रहेको बताएका छन् ।
यदि कोही पनी आफ्नो नगरपालिकाका नागरिक पिडामा छन भने राहत दिने काम भइरहेको छ नगरपालिका वा वडामा समन्वय गर्न सबैमा अनुरोध समेत गरेका छन् । ज्यालादरी मज्दुरहरुको चु्लो बाल्न हर पल आफु सहयोग गर्न तयार रहेको नगरप्रमुख रावलले बताए । कुनै पाटिबाट उम्मेद्धार भएर जिते पनी म सिंगो नगरबासीको नेता हु कोही कसैलाई समस्या भए जतीबेला पनी आफुलाई खवर गर्न सकीन्छ नगरप्रमुख रावलले बताएका छन् ।

https://www.youtube.com/watch?v=XP7-KBOBJms

चर्चामा

सम्बन्धित समाचार