बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खप्तड छेडेदह
  • बाजुराको खप्तड छेडेदहमा जुवाखालबाट २ जना शिक्षक सहित ६ जना प्रक्राउ

बाजुराको खप्तड छेडेदहमा जुवाखालबाट २ जना शिक्षक सहित ६ जना प्रक्राउ

१ लाख २ हजार ३ सय ९० रुपैया बरामत

  • शनिबार, जेष्ठ ३, २०७७
बाजुराको खप्तड छेडेदहमा जुवाखालबाट २ जना शिक्षक सहित ६ जना प्रक्राउ
फाइल फाेटाे

लक्ष्मीराज पाध्याय–बाजुराको खप्तड छेडेदह गाँउपालिका जुवाखालबाट २ जना शिक्षक सहित ६ जना प्रक्राउ परेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । शुक्रवार दिउँसो गाँउपालिका ५ नम्बर डोगडिमा राम बहादुर रावतको घरमा तास खेलिरहेको अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरिक्षक तथा सुचना अधिकारी दान बहादुर रोकायाले बडिमालिका खबरलाई बताएका छन् । उनिहरु बाट १ लाख २ हजार ३ सय ९० रुपैया समेत बरामत गरिएको छ ।
प्रक्राउ पर्नेमा खप्तड छेडेदह गाँउपालिका ५ बस्ने वालविकास आधारभुक्त बिद्यालयका प्रअ राम बहादुर रावत, सोही वडाका मष्टेश्वरी उमाबिका शिक्षक पदम बहादुर रावत रहेका छन् । त्यस्तै वडा नम्बर ६ बस्ने ठेकेदार तथा काँग्रेसका कार्यक्रता बुद्ध बुढा, वडा नम्बर ७ बस्ने नेकपा स्थानिय नेता मन बहादुर रावत, ठेकेदार तथा नेकपाका स्थानिय नेता अंग वलि र नेपालिका काँग्रेसका स्थानिय नेता तुला बुढा रहेका छन् ।
७ जना अहिले जिल्ला प्रहरी कार्यलयको हिरासतमा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार जुवा एने अन्तर्गत जिल्ला प्रशासन कार्यलय बाजुरामा मुद्धा चलाउने वताएको छ । डोगडिमा पटक पटक तास खेलिरहेको सुचना आइरहेको थियो । जिल्ला प्रहरी कार्यलय बाजुराले त्यो क्षेत्रमा निगरानी बढाउदै आएको थियो ।

चर्चामा

सम्बन्धित समाचार