बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • भारतको पलियामा रहेका दुई सय बढिको गौरीफन्टा नाकाबाट आज उद्धार हुँदै

भारतको पलियामा रहेका दुई सय बढिको गौरीफन्टा नाकाबाट आज उद्धार हुँदै

  • शुक्रबार, जेष्ठ २, २०७७
भारतको पलियामा रहेका दुई सय बढिको गौरीफन्टा नाकाबाट आज उद्धार हुँदै

धनगढी : कैलालीपारिको सीमावर्ती भारतीय सहर पलियामा ४६ दिनदेखि क्वारेन्टाइनमा रहेका दुई सय बढिको आज उद्धार गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार उनीहरुलाई आज स्वदेश फर्काउने तयारी भएको हो।

पलियामा झण्डै तीन सय नेपाली छन् भने उनीहरु मध्ये क्वारेन्टाइन अवधि सकेका दुई सय बढिको उद्धार गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीले आजै उनीहरुको उद्धार गर्ने तयारी भईरहेको बताए। उनले नेपालीहरुको उद्धारका लागि भारतको खिरी जिल्लाका अधिकारीसंग छलफल भईरहेको बताए।

कैलालीको गोदावरी नगरपालिकाका घर भई पलिया क्वारेन्टाइनमा रहेका भुपेन्द्र अधिकारीका अनुसार पलियामा कैलालीका ७५, कञ्चनपुरका ५१, बैतडीका १९, डडेल्धुराका १५, सुर्खेतका ८ बझाङका ३, डोटीका ३, दैलेखका २ जना, कास्की, सिन्धुली, रौतहटका एक/एक गरी एक सय ८० जना रहेका छन्।

‘पलियाकै अर्को क्वारेन्टाइनमा थप एक सय ८० जनालाई पनि राखिएको छ। उनीहरुको पनि क्वारेन्टाइन अवधि सकिएको छ।’ अधिकारीले दिनेश खवरलाई भने।

दिनेश खबरबाट

चर्चामा

सम्बन्धित समाचार