बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • भारतले नेपाली भुमी अतिक्रमण गरेकाे भन्दै नेबिसघं बाजुराद्धारा सदरमुकाममा बिराेध प्रदशन

भारतले नेपाली भुमी अतिक्रमण गरेकाे भन्दै नेबिसघं बाजुराद्धारा सदरमुकाममा बिराेध प्रदशन

  • बुधबार, बैशाख ३१, २०७७
भारतले नेपाली भुमी अतिक्रमण गरेकाे भन्दै नेबिसघं बाजुराद्धारा सदरमुकाममा बिराेध प्रदशन

भारतले नेपाली भुमी लिपुलेख,लिम्पियाधुरा,कालापानी क्षेत्रको जमिन अतिक्रमण गरेकाे भन्दै नेबिसघं बाजुराले जिल्लाकाे सदरमुकाम मार्तडीमा बिराेध प्रदशन गरेकाे छ । नेपालकाे भुमी अतिक्रमण गरि चिनको मनसरोबर जाने बाटो निर्माण गरेको भन्दै नेबि संघ बाजुराले शान्तिपूर्ण रुपमा जिल्ला सदरमुकाम मार्तडीमा प्रदर्शन गरेको हाे ।

नेबि संघ त्रिभुवन विश्वविधालय समिति सचीव योगेन्द्र रावलले भारत र चिन ठुला रास्ट्र हुन तर हाम्रो राष्ट्रियता भन्दा माथी होईनन भन्दै दास प्रवृत्ति नदेखाउन आग्रह गरेका छन् । नेता रावलले नेपाली जनता कसैको दास नभएको भन्दै आवश्यक परे युद्धको जेहात क्षेड्न तयार रहेको बताएका छन् । भारत र चिनले ठुल्दाई प्रवृत्ति देखाएको भन्दै रावलले मोदि र सिजिपिङको कान्छो भाइ नबन्न प्रधानमन्त्री ओलिलाई आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकरी मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको नेबि संघले राती राकेजुलुस गरेको समेत गरेकाे नेबिसघ बाजुराले जनाएकाे छ । तर आज भने सामाजिक दुरी कायम गर्दै शान्तिपूर्ण रुपमा मौन प्रदर्शन गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार