शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • खप्तड छेडेदह
  • छेडेदह गाउँपालिकाद्धारा धनगढीमा अलपत्र बिद्यार्थीहरुलाई राहत बितरण

छेडेदह गाउँपालिकाद्धारा धनगढीमा अलपत्र बिद्यार्थीहरुलाई राहत बितरण

  • सोमवार, बैशाख २९, २०७७
छेडेदह गाउँपालिकाद्धारा धनगढीमा अलपत्र बिद्यार्थीहरुलाई राहत बितरण

खप्तड छेडेदह गाउँपालिकाका धनगढीमा अलपत्र अबस्थामा रहेका बिद्यार्थीहरुलाई गाउँपालिकाले राहत बितरण गरेको छ । कोबिट १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यमा परेका १ सय १२ जना बिद्यार्थीहरुलाई राहत बितरण गरिएको हो ।
लकडाउनमा परि गाउँपालिकाले जिल्ला बाहिर रहेका बिद्यार्थी मजदुर तथा बिचल्लीमा परेकाहरुका लागि राहत बितरण गर्ने कार्य भईरहेको खप्तड छेडेदह गाउँपालिकाकी उपाअध्यक्ष कुन्ती बुढाले जानकारी दिएकी छन् । जिल्ला बाहिर रहेका गाउँपालिकाका नागरिकहरुका लागि राहत प्याकेज ल्याएर बितरण कार्य थालिएको उपाअध्यक्ष बुढाले बडिमालिका खवरलाई जानकारी दिएकी छन् ।
पहिलो चरणमा धनगढीमा अलपत्र तथा लकडाउनमा परि समस्यामा परेका   सय १२ जना बिद्यार्थीहरुका लागि राहत बितरण गरेको उनले बताइन । प्रति ब्यक्ती २० किलो चामल, ३ किलो दाल, १ किलो नुन र १ प्याकेट तेल बितरण गरिएको उपाअध्यक्ष बुढाले जानकारी दिएकी छन ।

चर्चामा

सम्बन्धित समाचार