शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • हिमाली
  • हिमाली गाउँपालिकाद्धारा रुपन्देही जिल्लामा रहेका नागरिकलाई राहत बितरण

हिमाली गाउँपालिकाद्धारा रुपन्देही जिल्लामा रहेका नागरिकलाई राहत बितरण

  • शुक्रबार, बैशाख २६, २०७७
हिमाली गाउँपालिकाद्धारा रुपन्देही जिल्लामा रहेका नागरिकलाई राहत बितरण

बाजुरा– बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले काठमाण्डौँ र रुपन्देहीमा बस्तै आएका आफ्ना नागरिकहरुका लागि राहत बितरण गरेको छ । कोरोना भाइरस कोबिट १९ को रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका अध्यायन र कामको शिलशिलामा जिल्ला बाहिर रहेका नागरिकहरुलाई राहत बितरण कार्य तिब्र गतिमा अगि बढाएको हो । जिल्ला बाहिर रहेका आफ्ना पालिकाका स्थानीयहरु समस्यामा परेको भन्दै देशका बिभिन्न ठाउँमा रहेका नागरिकहरुका लागि राहत बितरण गर्ने कार्य भइरहेको हिमाली गाउँपालिकाले जनाएको छ ।
त्यसै क्रममा रुपन्देही जिल्लामा अध्यायन तथा कामका सिलशिलामा रहेका हिमाली गाउँपालिकाका नागरिकलाई पनी खाद्यन्न बितरण गरिएको सेती कर्णाली लुम्बीनी सम्प्रक समाजका अध्यक्ष अर्जुन पाण्डेले बताएका छन् । अध्यक्ष पाण्डेको संयोजकत्वमा रूपन्देही जिल्लामा रहेका सबैलाई राहत स्वरुप ५० जनालाई दाल चामल नुन तेल लगायतका सामनहरु बितरण गरिएको पाण्डेले बताएका छन् ।
प्रति ब्यक्ती १० किलो चामल,२ किलो दाल, १ किलो नुन र १ लिटर तेल बितरण गरिएको पाण्डेले बडिमालिका खवरलाई जानकारी दिएका छन् । बुटवलमा रहेका दिल बहादुर कार्की,गणेश पाण्डे,जिवराज बुढथापा र दान बहादुर मल्लको सल्लाह तथा सहभागीतामा रुपन्देहीमा बस्दै आएका बिद्यार्थी र कामको सिलशिलामा रहेको हिमाली गाउँपालिकाका नागरिकलाई राहत प्याकेज बितरण गरिएको सम्र्पक समाजका अध्यक्ष पाण्डेले बताए ।
त्यसै गरी काठमाण्डौमा पनी केही दिन अघी हिमाली गाउँपालिकाका नागरिकहरुका लागी राहत बितरण गरिसकेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार