बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • चट्याङ्ग लागेर एक हल गोरु ब्याउने भैसीँ र गाई मरे एक बालिका घाईते

चट्याङ्ग लागेर एक हल गोरु ब्याउने भैसीँ र गाई मरे एक बालिका घाईते

  • बिहिबार, बैशाख २५, २०७७
चट्याङ्ग लागेर एक हल गोरु ब्याउने भैसीँ र गाई मरे एक बालिका घाईते

बाजुरा २५ बैशाख – बाजुरा जिल्बलाको गाैमुल गाउपालिकामा चट्याङ लागेर एक हल गोरु, ब्याउने भैसीँ र गाई मरेका छन् । भने एक १० बर्षिय बालिका घाईते भएकीछन् । विहिवार दिउँसो ४ बजे परेको चट्याङ्गले गौमुल गाउँपालिका–३ गर्जेका अपिलाल बोहराको घरगोठ सहित पशुचौपाया जलेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ । घटनाकाे बिस्त्रत जानकारीकाे लागि घट्मुना प्रहरी चाैकीबाट प्रहरी टाेली हिडेकाे जिल्ला प्रहरी कार्यालयका प्रबक्ता रानबहादुर राेकायाले बताए ।
चट्याङले घरगोठ पशुचौपायामा क्षति पुर्याएको वडा अध्यक्ष मान बहादुर बोहराले बताएका छन् । घर नजिकै रहेको गोठ छानामा चट्याङ्ग परेको हो । पानीसँगै परेको चट्याङ्ग लागेर अफिलाल बोहराकी १० बर्षीया छोरी अञ्जना बोहरा समेत घाईते भएकी छन् । बोहरा सोही गोठ छानामा पशुचौपाय चराउन गएकी वडा अध्यक्ष बोहराले बताए ।

ओत लागेको अवस्थामा रुखमा चट्याङ्ग परेको स्थानीय गोरख बोहराले बताए । घाईते भएकी बालिकालाई थप उपचारका लागि गौमुल गाउँपालिकाको केन्द्र घट्मुना ल्याउने बताईएको छ ।

गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले घटनाको बारेमा जानकारी लिन वडा अध्यक्षलाई आग्रह गरेको बताउँदै विस्तृत विवरण ल्याउन ईलाका प्रहरी कार्यालय गौमुल गाउँपालिकाको टोली घटना स्थल तर्फ गएको जानकारी भएको छ ।
क्षतिको एकीन विवरण गरी तत्काल गाउँपालिकाका कार्यविधि अनुसार राहतको व्यवस्था गरिने उपाध्यक्ष थापाले बताएकी छन् ।

चर्चामा

सम्बन्धित समाचार